काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको छ।
_x000D_
_x000D_
आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तापक्रम घटेकाले उपत्यकामा चिसो महसुस गरिएको छ। यद्यपि दिउँसोको समयमा भने तापक्रम केही बढी छ।
_x000D_
_x000D_
महाशाखाले काठमाडौंको अधिकांश तापक्रम आइतबार २५ डिग्रीसम्म पुग्ने प्रक्षेपण गरेको छ।
_x000D_
_x000D_
केही दिनयता उपत्यकासहित देशभरको तापक्रम स्थिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
_x000D_
_x000D_
अहिले जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ७ र अधिकतम तापक्रम १९ दशमलब ६ डिग्री सेल्सियस छ। वीरेन्द्रनगरको न्यूनतम तापक्रम ९ दशमलव ७ र अधिकम तापक्रम २९ दशमलव शून्य डिग्री मापन गरिएको छ।
_x000D_
_x000D_
त्यस्तै सिमराको न्यूनतम तापक्रम १४ दशमलव शून्य र अधिकतम तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियस छ। दाङको न्यूनतम तापक्रम भने ११ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ। धनकुटाको न्यूनतम तापक्रम २६ दशमलव एक र अधिकतम तापक्रम १२ दशमलव ८ डिग्री सेल्सियस रहेको छ। पोखराको न्यूनतम तापक्रम २६ दशमलव ५ र अधिकतम तापक्रम १२ दशमलव दुई डिग्री सेल्सियस छ।
_x000D_
_x000D_
केही दिन यताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने महाशाखाले जनाएको छ।
_x000D_
_x000D_
महाशाखाका अनुसार आइतबार काठमाडौँको न्यूनतम तापक्रम ८ दशमलव शून्य र अधिकतम तापक्रम २५ दशमलव ५ डिग्री छ। आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम शून्य दशमलव ७ डिग्री र सबैभन्दा बढी विराटनगरमा १८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३२ दशमलव ५ डिग्री सेल्सियस छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।