काठमाडौं- नेपाल र मलेसियाबीच हुने श्रम सम्झौतामा भोलि हस्ताक्षर हुँदैछ। एमओयू (समझदारीपत्र) मा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार राति ११ बजे काठमाडौं आउँदैछन्।
_x000D_
_x000D_
गत आसोजमा मलेसियामा दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलले श्रम सम्झौताको मस्यौदामा सहमति गरेका थिए। सो सम्झौतापत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरानले सोमबार आयोजना हुने विशेष समारोहमा हस्ताक्षर गर्नेछन्।
_x000D_
_x000D_
मन्त्री कुलासेगरान र श्रममन्त्री विष्टबीच सोमबार बिहान श्रम सम्झौता, ६ महिनादेखि नेपाली श्रमिकको आपूर्ति रोकिएको विषयमा छलफल हुने मन्त्री विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए। 'मन्त्रीस्तरीय छलफलपछि होटल हायातमा हस्ताक्षर कार्यक्रम राखिएको छ,' उनले भने।
_x000D_
_x000D_
मन्त्री कुलासेगरानले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि औपचारिक छलफल र भेटघाट गर्ने भएका छन्। पशुपति, स्वयम्भू लगायतका धार्मिक स्थलकाे भम्रण गरेर मंगलबार बिहान नै उनी स्वदेश फर्किने कार्यक्रम रहेको छ।
_x000D_
_x000D_
पटकपटक प्रयास गर्दा पनि भएको थिएन श्रम सम्झौता
_x000D_
नेपाल र मलेसियाबीच डेढ दशकदेखि श्रम सम्बन्ध रहे पनि आहिलेसम्म श्रम सम्झौता हुन सकेको छैन। विभिन्न समयमा श्रम सम्झौताको प्रयास भए पनि बल्ल त्यसले मूर्तरुप पाउन लागेको हो।
_x000D_
_x000D_
नेपालबाट मलेसियाले औपचारिक रुपमा सन् २००२ देखि कामदार आपूर्ति गर्दै आएको थियो। समझदारीपत्रमा हस्ताक्षर भएसँगै गत जेठ महिनादेखि बन्द मलेसियाको श्रम स्वीकृति पुनः खुल्नेछ। सम्झौतापश्चात् मलेसिया जाने कामदारमाथि लाग्दै आएको आर्थिक भारको सिन्डिकेट पनि तोडिने श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले बताए।
_x000D_
_x000D_
नेपाल र मलेसियाबीच हुने समझदारीले बायोमेट्रिकका नाममा कामदारको स्वास्थ्य परीक्षण गराउँदै आएका ३९ वटा स्वास्थ्य संस्था बन्द हुने उनले जानकारी दिए। श्रम मन्त्रालयले गत जेठ पहिलो साता बन्द गर्न निर्णय गरेका संस्था सम्झौतामा हस्ताक्षर भएसँगै खारेजी हुने प्रवक्ता रेग्मी बताउँछन्।
_x000D_
_x000D_
'मलेसिया र नेपालको सम्बन्ध दोस्रो विश्वयुद्धदेखि नै राम्रो थियो। मलेसियाका पक्षबाट नेपाली युवा दोस्रो विश्वयुद्धमा सामेल भएका थिए,' उनले भने, 'त्यस बेलादेखि नै नेपाल र नेपालीप्रति मलेसियाली नागरिक सकारात्मक छन्।’
_x000D_
_x000D_
कामदारको खर्च रोजगारदाताले बेहोर्ने
_x000D_
कामदारको स्वास्थ्य परीक्षण लगायत भर्नासम्मको सम्पूर्ण खर्च रोजगारदाता देशका कम्पनीले नै बेहोर्ने सहमति पनि भएको मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारीमा जाने कामदारका हकमा लागत खर्च, स्वास्थ्य परीक्षणको शुल्क र कामदार जाँदा खर्च लाग्ने भएकाले निःशुल्क हुनु नै प्रमुख विषय भएको मन्त्रालयको बुझाइ छ।
_x000D_
_x000D_
नयाँ व्यवस्थाअनुसार नेपाल सरकारबाट मान्यताप्राप्त र पूर्वाधार पूरा भएका स्वास्थ्य संस्थाबाट नै मलेसिया जाने कामदारको मेडिकल जाँच गरिने भएको छ। अब मलेसिया जाने कामदारको ४ हजार ५ सय रुपैयाँमात्र खर्च लाग्ने भएको छ। यसअघि कामदारले विभिन्न संस्थामा २१ हजार रुपैयाँसम्म बुझाउँदै आएका थिए। नयाँ सम्झौताअनुसार नेपाली कामदारको १६ हजार ५ सय खर्च जोगिनेछ। जसमा मेडिकल खर्च भने अब रोजगारदाता कम्पनीले नै बेहोर्ने छन्।
_x000D_
_x000D_
नयाँ ‘एमओयू’ अनुसार नेपाली कामदारको करार अवधि दुई वर्षको हुनेछ। यसअघि तीन वर्ष अवधि तोकिएको थियो। कम्पनीले चाहेमा दुई वर्षको करार सकेर पुनः कामदार फर्कन सक्नेछन्। मलेसिया कामदार आपूर्ति गर्दै आएका म्यानपावर कम्पनीले भने अब सेवा शुल्क रोजगारदाता कम्पनीबाट पाउनेछन्।
_x000D_
_x000D_
६ महिनामा ५ कूटनीतिक छलफल, ३ पटक ड्राफ्ट आदानप्रदान
_x000D_
गत जेठ महिनादेखि नेपाली श्रमिक आपूर्ति रोकिएपछि मलेसिया र नेपालबीच कूटनीतिकतर्फ ५ वटा छलफल मलेसियामा भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल र मलेसियाबीचको एमओयू खाका नै तीन पटकसम्म आदानप्रदान भएको छ।
_x000D_
_x000D_
नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकभित्र मलेसिया पनि पर्छ। मलेसियामा वार्षिक एक लाखभन्दा बढी युवा जाने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।