काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमैं बस्ने भएको छ। मन्त्रिपरिषद्को बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।
_x000D_
_x000D_
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने गरेको मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री अस्वस्थ भएकाले प्रधानमन्त्री निवासमा सारिएको हो।
_x000D_
_x000D_
शुक्रबारको बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक आइतबारलाई सारिएको थियो। रुघाखोकीले सताएपछि उनी शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा जान सकेनन्। संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका छन्।
_x000D_
_x000D_
मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढ्ने खतरा देखेपछि निवासमा नै आराम गर्न चिकित्सकले सुझाएका हुन्।
_x000D_
_x000D_
प्रधानमन्त्रीको स्वास्थ्य जाँच गर्दै आएका डा दिलिप शर्माका अनुसार चिसो बढेसँगै रुघाखोकीले प्रधानमन्त्री ओलीलाई सताएको छ।
_x000D_
_x000D_
‘भिडभाड र बढी भेटघाटमा व्यस्त हुँदा संक्रमण होला भनेर आराम गर्न भनिएको हो,’ उनले भने, ‘एक-दुई दिन आराम गरेपछि उहाँको स्वास्थ्यमा सुधार आउनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।