काठमाडाैं– निजी हवाई सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले विमानस्थल सेवाशुल्क वापतको बक्यौता रकम तिर्न आलटाल गरिरहेको छ।
_x000D_
_x000D_
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बारम्बार ताकेता गर्दा पनि एयरलाइन्स कम्पनीले पुरानो बक्यौता चुक्ता गरेको छैन।
_x000D_
_x000D_
विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीका अनुसार एयरलाइन्सले अझै २ करोड रुपैयाँ तिर्न बाँकी छ। रकम भुक्तानीमा ढिला गरेपछि एयरलाइन्सको अब उडान नै बन्द गराउने तयारी भएको उनको भनाइ छ।
_x000D_
_x000D_
एयरलाइन्सको उडान बन्द गराउने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल भइरहेको विमनस्थल कार्यालयले जनाएको छ ।
_x000D_
_x000D_
‘एयरलाइन्सले माघदेखि ताकेता गर्दा अहिलेसम्म १ करोड ७० लाख रुपैयाँ तिरेको छ। अब तिर्न बाँकी दुई करोड छ। रकम तिर्दा पनि एयरलाइन्स अति नै न्यून रकमका दरले चुक्ता गर्दा समस्या आएको छ’, उनले भने। विमानस्थल कार्यालयले एयरलाइन्स अब केही समय दिने तयारी गरेको छ।
_x000D_
_x000D_
अन्तिम पटकसम्म दिंदा पनि रकम नतिरेको अवस्थामा भने उडान नै बन्द गराइदिने विमानस्थल कार्यालयको भनाइ छ।
_x000D_
_x000D_
दीपक पोखरलेको स्वामित्वमा रहँदा नै सौर्य एयरलाइन्सले विमानस्थल कार्यालयलाई झन्डै ३ करोड रुपैयाँ विमानस्थल कार्यालयलाई बुझाउनु पर्ने अवस्था थियो। तर, एयरलाइन्समाथि आर्थिक संकट बढ्दै गएपछि पोखरेलले एयरलाइन्स ६१ करोडमा बिक्री गरेका थिए।
_x000D_
_x000D_
साउनको अन्तिम साता व्यवसायी श्याम अधिकारी, श्यामकृष्ण महर्जन र रामप्रसाद पन्थीको नयाँ व्यवस्थापकीय टिमले सौर्य एयरलाइन्स खरिद गरेको हो।
_x000D_
_x000D_
खरिद गर्दा एयरलाइन्सले विमानस्थल कार्यालयलाई बाँकी रहेको रकम तिने सहमति भएको थियो । तर, नयाँ व्यवस्थापनले एयरलाइन्स कम्पनी खरिद गरेर नियमित उडान सुरु गरेको दुई महिनाा हुँदा पनि बक्यौता चुक्ता गरेको छैन।
_x000D_
_x000D_
अहिले सौर्य एयरलाइन्स कम्पनी रामप्रसाद पन्थीका छोरा बुद्धिराज पन्थीको नाममा हस्तान्तरण भएको छ। तर सञ्चालक टिममा भने अरु पनि सदस्य छन्।
_x000D_
_x000D_
सौर्यसँग सिआरजे २०० सिरिजका दुईवटा जहाज छन्। एउटा जहाजले नियमित उडान भरिरहेको छ। अर्को जहाजमा प्राविधिक समस्या आएकाले उडान भरेको छैन। त्यो जहाजको मर्मतपछि उडान सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।