सुर्खेत- प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित कर्णाली प्रदेशसभाको बैठक आइतबारदेखि सञ्चालन हुने भएको छ।
_x000D_
_x000D_
प्रदेशसभा सचिवालयमा शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकार र प्रतिपक्षी दलबीच बैठक सञ्चालनका विषयमा सहमति जुटेको हो।
_x000D_
_x000D_
प्रदेशसभाको असोज २३ र २६ गतेको बैठकमा कांग्रेसले चालू आवको वार्षिक कार्यक्रम (रातो किताब) उपलब्ध नगराएको भन्दै अवरोध गरेको थियो। संसद् बैठक आज दिउँसो १ बजे बस्नेछ।
_x000D_
_x000D_
सभामुख राजबहादुर शाहीले बैठकमा सरकारले संसद्लाई रातो किताब उपलब्ध गराउने, प्रदेशसभा र सरकारका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधयेक ल्याउन भइरहेको ढिलाइप्रति मुख्यमन्त्रीले धारणा राख्ने कार्यसूची तय भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।