दुल्लु- दैलेखको महावु गाउँपालिका–१ बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विष खवाइएकी छिन्। जसका कारण नाबालक छोराको मृत्यु भएको छ।
_x000D_
_x000D_
अन्दाजी २४ वर्षीया कल्पना नेपालीले आफ्ना दुई छोरासहित आफूले पनि विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। सो घटनामा ७ वर्षीया बालक आयूष नेपालीको मृत्यु भएको छ।
_x000D_
_x000D_
बालक आयूषको उपचारको क्रममा निधन भएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिए। उनका अनुसार विष सेवन गरेका आमा कल्पना र ६ महिनाका अर्का छोरा अङ्कितको अवस्था गम्भीर छ।
_x000D_
_x000D_
उनीहरुको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचार भइरहेको छ।
_x000D_
_x000D_
कल्पनाका श्रीमान् सुजन नेपालीले दिनहुँजसो श्रीमतीलाई मदिरा सेवन गरी कुटपिट गर्ने खुल्न आएको छ। सोही कारण कल्पनाले आफूले पनि विष सेवन गरेको र बच्चाहरुलाई पनि विष सेवन गराएको हुन सक्ने प्रहरीले शंका गरेको छ।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार उनीहरुले उडुस मार्ने विषादी प्रयोग गरेका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।