काठमाडौं– सबैभन्दा ठूलो दल नेकपाले आयोजना गरेको चियापान समारोहमा ‘बहिष्कारको पर्चा’ बोकेर कार्यक्रम स्थल छिरेका एकजना व्यक्तिमाथि कुटपिट भएपछि हामीले कुटपिटमा परेका व्यक्तिका बारेमा सोधखोज गर्यौं।
_x000D_
_x000D_
ढाका टोपी लगाएका, चिउँडामा झुप्प दारी भएका ती वयश्क रहेछन् युवराज पौडेल ‘सफल’। उनी ढिलोगरी नेपाल लाइभसँग टेलिफोन सम्पर्कमा आए। हामीले सोध्यौं, ‘विरोध गर्न पनि यत्रो रिक्स लिनुभएको? कुटपिट भयो।’
_x000D_
_x000D_
आफूलाई कम्युनिस्ट पार्टीकै सदस्य बताउँने युवराजले भने, ‘कायरहरुले ममाथि कुटपीट गरे। मेरो भन्दा उनीहरुकै बेइजत भयो। विरोध गर्न पनि नपाईंने यो कस्तो संस्कार हो?'
_x000D_
_x000D_
पछिल्ला दिनमा सरकारले लोकप्रिय काम गर्नेभन्दा जनताको आँखामा छारो हाल्ने काम गरिरहेको भन्दै उनी पार्टीसँग पनि असन्तुष्ट रहेछन्। आफू जस्तै असन्तुष्टहरु खोजेर उनले असन्तुष्टहरुको मोर्चा नै बनाएका रहेछन्। ‘हामीले यसअघि नै विज्ञप्ती निकालेर यो रमाइलो गर्ने बेला होइन भन्दै चियापान कार्यक्रमको विरोध गरेका थियौं’ उनले सुनाए, ‘नेकपा नेतृत्वको सकारले अपेक्षा गरेजस्तो कामै गरेन। माफिया राज मौलाउँदै गयो।’
_x000D_
_x000D_
आफूहरुले पटक पटक यो फजुल खर्च नगर्न आग्रह गरेपनि कतैबाट सुनावाइ नभएपछि कार्यक्रम स्थलमै पुगेर पर्चावाजी गर्ने निर्णय अनुरुप आफू त्यहाँ पुगेको भनाइ उनको छ। ‘केपी ओली र प्रचण्डले भाडामा राखेका कार्यकर्ताले ममाथि हातपात गरे’ उनले सुनाए, ‘प्रधानमन्त्रीले केही समयअघि कार्यकर्तालाई अरिंगाल बन्न निर्देशन दिइरहेका थिए, उनीहरुले पिटपाट नगरे के गरुन् त?’
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।