काठमाडौं– मनाङको हिमलुङ क्षेत्रमा आरोहणका लागि पुगेका १४ जना नेपाली सम्पर्कविहीन भएका छन्।
हिमालयन होलिडेजको टोलीका शेर्पा, गाइड तथा सहयोगी कर्मचारी सम्पर्कविहीन भएपछि उद्धारका लागि काठमाडौं र पोखरामा हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ। तर खराब मौसमका कारण उडान हुन सकेको छैन।
पर्यटन विभागका अनुसार स्थलमार्गबाट समेत तत्काल उद्धार सम्भव नभएपछि हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको छ। विभाग र सम्बन्धित कम्पनीले उद्धारका लागि निरन्तर समन्वय गरिरहेका छन्।
सम्पर्कविहीनमध्ये विदेशी पर्यटक भने नरहेको र उनीहरू विदेशी पाहुना आउनुअघि क्याम्प व्यवस्थापन तथा आरोहणको तयारीका लागि अगाडि पठाइएको नेपाली टोलीका सदस्य रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।