सर्लाही। लगातारको वर्षाका कारण मलङ्गवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि विद्युत् सेवा अवरुद्ध भएको छ।
सबस्टेसन डुबानमा परेसँगै आज बिहान करिब ४ बजेदेखि मलङ्गवा लगायत १० वटा स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको हो।
हालसम्म पनि सबस्टेसन डुबानमै रहेकाले पानीको निकास भएपछि मात्र विद्युत् प्रसारण पुनः सञ्चालन गर्न सकिने नेपाल विद्युत् प्राधिकरण, मलङ्गवा वितरण शाखाका प्राविधिक इन्जिनियर सौरभ साहले जानकारी दिए।
कन्ट्रोल कोठामा समेत पानी पसेका कारण विद्युत् वितरणमा कठिनाइ भएको उनले बताए। मोटर पम्पबाट पानीको निकासीको काम भइरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।