• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द

64x64
नेपाल लाइभ शनिबार, असोज १०, २०८३  ११:५९
1140x725

काठमाडौं– निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका राष्ट्रिय राजमार्ग तथा प्रमुख सडकखण्डमा यातायात आवागमन प्रभावित भएको छ। 

सडक विभागका अनुसार पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कर्णाली राजमार्गलगायतका महत्वपूर्ण सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, बाँकेबगर (चौकीभीर), जवाङ खोला र फिस्लिङलगायतका स्थानमा पहिरो खसेपछि यातायात पूर्णरूपमा बन्द भएको छ । स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन नगर्न आग्रह गरेको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

त्यस्तै, बीपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडालगायतका स्थानमा सडक अवरुद्ध भएको छ । विभिन्न स्थानमा पहिरो खस्नुका साथै डाइभर्सनसमेत बगाएकाले सडक खुलाउने काम भइरहेको सडक विभागले जनाएको छ ।

कान्ति राजमार्गको मकवानपुर खण्डमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको छ भने ललितपुरतर्फ चपली र तकुर्चेलगायतका स्थानमा पहिरो हटाउने काम भइरहेको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गा–सल्लेरी खण्डको सोलु खोला नजिक सडक भासिएपछि आवागमन अवरुद्ध भएको छ । रक ब्रेकरसहितको एस्काभेटर र ह्विल लोडर प्रयोग गरी सडक खुलाउने काम भइरहेको छ ।

मध्यपहाडी राजमार्गको निसी गाउँपालिका–कानाबगर खण्डमा लेदोसहितको पहिरो आउने क्रम नरोकिएपछि सडक अवरुद्ध छ । सडक खुलाउन आवश्यक मेसिन तयारी अवस्थामा राखिएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८, बेलबगरमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरो हटाउन उपकरणहरू तयारी अवस्थामा राखिएको विभागले जनाएको छ ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो तथा ढुङ्गा खसेपछि गगने खोला, नाग्म–जुम्लाको राँका क्षेत्र र बाङ्गेसिमल–दहीखोलालगायतका सडकखण्ड प्रभावित भएका छन् । ती क्षेत्रमा लोडरसहितको टोली परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ ।तमोर करिडोरअन्तर्गत छरुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा खोलाको बहाव बढेपछि सडक बन्द भएको छ । पानीको सतह घटेपछि सडक खुलाउने तयारी गरिएको छ ।

यस्तै, बागलुङ–बेनी सडकको म्याग्दीस्थित हुलाके तथा राप्ती राजमार्गको कपुरकोट–खारखोला क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । दुवै सडकखण्डमा उपकरण परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको छ ।

भालुवाङ–चकचके–लिवाङ सडकका विभिन्न स्थानमा पहिरो खसे पनि साना सवारीसाधन भने सावधानीपूर्वक सञ्चालन भइरहेका छन् । सडक विभागले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा तय गर्न चालक तथा सर्वसाधारणलाई आग्रह गरेको छ। सडकको अवस्थाबारे थप जानकारी विभागको आधिकारिक वेबसाइटबाट लिन सकिने विभागले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  ११:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र
सम्बन्धित सामग्री
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते शुक्रबार दिउँसो बीपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर अगाडि बस दुर्घटनामा परेको हो। बाप्र ०३–००१ ख २७७४ नम... शुक्रबार, असोज ३०, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र निष्क्रिय कम्पनीलाई कम्पनी ऐनअनुसार सरकारले स्वतः बन्द गर्न सक्छ। तर, नचलेका कम्पनी बन्द गर्ने नाममा करलगायतका खर्चका साथै अनावश्यक... शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस अध्यादेशभन्दा संसदको सार्वभौम मञ्चबाटै वृहत छलफल गरी कानून निर्माण गर्नु उचित हुने उनको भनाई थियो । शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्