काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा पत्रकार जीवन पराजुलीसहित दुइजनाको घटनास्थलमै र डिआइजी सुशील भण्डारीकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ। सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन्।
_x000D_
_x000D_
हेलम्बु राजमार्ग अन्तर्गत ढकालथोकमा बा ३ च २८७ नं को ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुशील भण्डारी, धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर मण्डन देउपुर नपा-४ का २५ वर्षीय जीवन पराजुली र नमोबुद्ध नपा-१० का ४४ वर्षीय विनोद कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए।
_x000D_
_x000D_
डिआइजी भन्डारी हेड्क्वाटरको अन्वेषण शाखामा कार्यरत थिए। उनी आइजिपी सर्बेन्द्र खनालका ब्याची हुन्। दुर्घटनामा पनौतीका प्रदीप बोगटी, धनराज पुरी र विनोद गौतम घाइते भएका छन्। घाइतेलाई धुुलिखेल अस्पतालमा उपचार गराइएकाे प्रहरीले जनाएकाे छ।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।