• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २१, २०८२ Fri, Nov 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कांग्रेस विवाद : महासमिति बैठक तयारी सुस्त, विघटनको संघारमा नेविसंघ

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १२, २०७५  ००:४४
1140x725

काठमाडौं- महासमिति बैठकको मिति र स्थान तोकिए पनि नेपाली कांग्रेसभित्रको विवादले बैठकको तयारी सुस्त गतिमा छ। शीर्ष नेताबीचकै गुटबन्दीले भ्रातृसंस्था नेपाल विद्यार्थी संघ भने विघटनको स‌ंघारमा पुगेको छ।

_x000D_ _x000D_

महासमिति बैठकमा प्रस्तुत गर्ने विधान निर्माणका लागि गठन हुने विधान मस्यौदा समितिमा रहने सदस्यबीच पार्टीमा लामो मतभेद भएको थियो। पार्टीका समूहले आफूपक्षीय नेतालाई मस्यौदा समितिमा राख्ने आकांक्षाले मस्यौदा समिति बन्नै निकै ढिलाइ हुन पुग्यो।

_x000D_ _x000D_

अन्ततः सभापति पक्षले आफ्नो समूहका बहुमत सदस्य पर्ने गरी ११ सदस्यीय समिति बनाए। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आपत्ति जनाएसँगै दुई सदस्य थपेर १३ सदस्यीय विधान मस्यौदा समिति बनाइयो।

_x000D_ _x000D_

प्रवक्तासहित सात जना रहेका पदाधिकारीको संख्या बढाएर १० सदस्यीय बनाउन समितिका सदस्य सहमतिमा पुगेका छन्। सभापति बाहेकका पदाधिकारी सभापतिले मनोनयन गर्ने पक्षमा संस्थापन समूह छ। सभापतिले मनोनीत गरेका पदाधिकारी केन्द्रीय समितिमा जानकारी गराए मात्रै हुने व्यवस्था गर्न लागिएको छ।

_x000D_ _x000D_

संस्थापन इतर समूहले भने सबै पदाधिकारी निर्वाचित हुनुपर्नेमा जोड दिएको छ। नेता डा शेखर कोइराला भने पार्टी सभापति स्वतः संसदीय दलको नेता हुने व्यवस्थाको विरोध गरिरहेका छन्। उनी भन्छन्, ‘विधानमा राखिएको नयाँ व्यवस्थाले सभापतिलाई निरंकुश बनाउँछ।’

_x000D_ _x000D_

कांग्रेसको विधानलाई महासमिति सदस्यको दुई तिहाइको मतले पारित गर्नुपर्छ। महासमिति बैठकअघि केन्द्रीय समितिले विधान अनुमोदन गर्नुपर्नेछ। केन्द्रीय कार्य समितिमा फरक फरक मतसहित पेस भएको विधानलाई महासमितिले सहज रुपमा दुई तिहाइले पारित हुन असम्भव जस्तै देखिएको छ। 

_x000D_ _x000D_

सभापतिलाई बलियो बनाउने गरी विधान संसोधन गर्ने पक्षमा संस्थापन समूह छ भने इतर समूह त्यसको विपरीत धारमा छ।

_x000D_ _x000D_

मिति तोकेको दुई महिनापछि बल्ल स्थान तय
_x000D_ भदौ ९ मा बसेको बैठकले मंसिर ५ देखि ९ सम्म महासमिति बैठक गर्ने निर्णय गरेको थियो। तर बैठक तयारीलाई तीव्रता दिन सकेको छैन। निर्वाचनमा पराजयको समीक्षा गर्न बैशाखमा बसेको केन्द्रीय कार्य समितिको बैठकले भदौमा महासमितिको बैठक गर्ने निर्णय गरेको थियो।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

पार्टी सभापति शेरबहादुर देउवा मूल आयोजक समितिको संयोजक हुने गरी काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिलाई आयोजक समितिमा राख्ने निर्णय गरिएको थियो। मिति तोकेको दुई महिनापछि हिनो शनिबार स्थान तय गर्न सकेको कांग्रेसले महासमिति बैठक तयारीका लागि पार्टीले उपसमिति बनाउने कार्य अहिलेसम्म गर्न सकेको छैन। अर्कोतर्फ मस्यौदा समितिले हालसम्म आफ्नो कार्य सम्पन्न गरेको पनि छैन। काठमाडौंको भृकुटीमण्डपमा महासमिति बैठक हुने निर्णय शनिबार भएको छ।

_x000D_ _x000D_

दसैंअघि मस्यौदालाई अन्तिम रुप दिएर केन्द्रीय कार्यसमितिमा पेस गर्ने बताइए पनि मस्यौदा समितिका सदस्यबीच मतभेद चुलिएको छ। 

_x000D_ _x000D_

महासमिति बैठकलाई केन्द्रमा राखेर सभापतिले नेताहरुसँग आन्तरिक छलफल गर्न सकेका छैनन्। केन्द्रीय सदस्य कुलबहादुर गुरुङले महासमिति बैठक तोकिएको मितिमा हुनेमा शंका व्यक्त गर्छन्। उनले भने, ‘एक अर्कालाई गाली गर्दैमा समय खर्चेका छन्। महासमितिको पूर्व तयारी छैन।’

_x000D_ _x000D_

सभापतिले बैठक डाक्न नसके पनि पौडेल गुटको भेला भने दसैंअघि बसेको थियो। महामन्त्री डा शशांक कोइरालाको निवासमा गुटका शीर्ष नेता भेला भए।

_x000D_ _x000D_

आसन्न महासमिति बैठकको तयारीमा शीर्ष नेताको ध्यान जान सेकेको छैन। वरिष्ठ नेता रामचन्द्र पौडेल यसै समयमा तीर्थाटनका लागि भारत भ्रमणमा छन्। कांग्रेसभित्र उत्पन्न विवादले केन्द्रीय कार्य समितिको बैठक अनिश्चित बनेको छ। 

_x000D_ _x000D_

विघटनको संघारमा नेविसंघ
_x000D_ मंसिर २ सम्मको अवधि रहेको नेविसंघको वर्तमान कार्यसमितिले सो मिति अगावै १२औं महाधिवेशन गर्नुपर्ने हो। संशोधित विधान र महाधिवेशन कार्यतालिका पार्टीलाई बुझाए पनि सो अनुरुप प्रक्रिया अघि बढ्न सकेन। ३२ वर्षे उमेर हद कायम हुने विधान पार्टीको निर्देशक समितिलाई बुझाएको संघको विधानकै विषयलाई लिएर पार्टीका समूहबीच दुरी झन् बढेको छ। 

_x000D_ _x000D_

संस्थापन इतर समूहका नेताले केन्द्रीय कार्यसमिति बहिष्कार गर्ने चेतावनी दिएपछि असोज २५ का लागि डाकिएको बैठक अनिश्चितकालको लागि रोकिएको छ। असोज २१ मा भएको केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षले बहुमतका आधारमा नेविसंघका उमेर हद लागू गर्ने निर्णय गरेको थियो।

_x000D_ _x000D_

करिब तीन साता कार्यकाल रहेको नेविसंघको वर्तमान कार्य समितिले पार्टीबाट विधान प्राप्त गर्न सकेको छैन। पार्टीले बाँकी रहेको अवधिमा महाधिवेशन गर्न विधान उपलब्ध गराए पनि महाधिवेशन हुने कुनै पनि सम्भावना अब बाँकी छैन। विद्यालय, क्याम्पस, सिटिइभिटीलगायत प्रादेशिक संरचनाअनुरुप तल्लो तहदेखि अधिवेशन गर्न समया अभाव छ। 

_x000D_ _x000D_

११औं महाधिवेशनमा संघको सभापतिमा पराजित मनोजमणि आचार्यले मंसिर २ पछि संघ स्वतः विघटन हुने बताए। वैधानिकता सकिएको असक्षम कार्यसमितिलाई समय पुनः समय थप्नु उपयुक्त नहुने उनको तर्क छ। 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०७५  ००:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्मचारी कटौती गरेर संसद्को अवहेलना भएको संघ र प्रदेशका पदाधिकारीको निष्कर्ष
अहिलेको सरकार असंवैधानिक र प्रतिगामी : ओली
उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कर्मचारी कटौती गरेर संसद्को अवहेलना भएको संघ र प्रदेशका पदाधिकारीको निष्कर्ष शुक्रबार, कात्तिक २१, २०८२
अहिलेको सरकार असंवैधानिक र प्रतिगामी : ओली शुक्रबार, कात्तिक २१, २०८२
उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार शुक्रबार, कात्तिक २१, २०८२
रास्वपाका कार्यवाहक सभापतिको प्रतिवेदन-संसद पुनर्स्थापना होइन, निर्वाचन नै निकास (पूर्णपाठ) शुक्रबार, कात्तिक २१, २०८२
अन्य देशमा रहेका नेपालका मूर्तिहरुलाई स्वदेश फर्काउन पहल गरिरहेका छौ :  सुनिता डंगोल शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव बिहीबार, कात्तिक २०, २०८२
हङकङ सिक्सेस: पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित शुक्रबार, कात्तिक २१, २०८२
हङकङ सिक्सेस: अफगानिस्तानले दियो ११३ रनको लक्ष्य, रासिदको ह्याट्रिकसहित चार विकेट शुक्रबार, कात्तिक २१, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्