काठमाडौं– अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ ।
एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १०२ रन बनाएको हो ।
अफगानिस्तानका लागि फैजल खान अहमदजाइ र नाजिबुल्लाह जद्रानले ३०-३० रन बनाएका थिए । त्यसैगरी नानगेयालिया खानले अविजित १७ रन बनाएका थिए ।
नेपालका कुशल भुर्तेलले चार विकेट लिए भने ललित राजवंशीले तीन विकेट लिए।
नेपाल जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छ । यता, अफगानिस्तान पनि लगातार दोस्रो जितसँगै क्वार्टरफाइनलमा स्थान पक्का गर्ने सोचमा छ ।
पहिलो खेलमा अफगानिस्तानले घरेलु टोली जापानलाई ४८ रनले पराजित गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।