• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड

64x64
नेपाल लाइभ बिहीबार, असोज ८, २०८३  १३:५३
1140x725

न्युयोर्क– नेपाली सञ्चार उद्यमी तथा जलवायु एवं स्वच्छ ऊर्जा अभियन्ता समृद्धि ज्ञवालीले जलवायु न्यायलाई नेपालको स्वच्छ ऊर्जा सम्भावना र दक्षिण एसियामा बढ्दो विद्युत् मागसँग जोड्न आग्रह गरेकी छन्। 

क्लाइमेट विक न्युयोर्क अन्तर्गत आयोजित कार्यक्रममा सहभागी हुँदै ज्ञवालीले नेपालले आफ्नो अन्तर्राष्ट्रिय जलवायु एजेन्डालाई मुख्यतः जलवायु जोखिम तथा ‘लस एन्ड ड्यामेज’लाई केन्द्रमा राख्नेर दक्षिण एसियाका लागि स्वच्छ ऊर्जाको सम्भावित साझेदारका रूपमा स्थापित गर्नुपर्ने बताइकी हुन्। 

क्लाइमेट विक न्युयोर्क अन्तर्गत आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदै ज्ञवालीले जलवायु अभियन्ता, वैज्ञानिक, नीति निर्माता, व्यवसायी तथा पत्रकारहरूसँगको छलफलले नेपालको जलवायु कूटनीतिलाई आर्थिक तथा ऊर्जा महत्वाकांक्षासँग जोड्नुपर्ने बताइन्। ‘नेपाल हिमनदी पग्लिरहेको र यहाँका समुदाय जलवायु परिवर्तनबाट पीडित भइरहेको देशका रूपमा मात्र चिनिइरहन सक्दैन। हामीले अझ ठूलो कथा भन्न आवश्यक छ,’ उनले भनिन्,‘नेपाललाई जलवायु न्यायको माग गरिरहेको देशका रूपमा मात्र होइन, दिगो ऊर्जामार्फत ग्लोबल साउथको भविष्यलाई ऊर्जा उपलब्ध गराउन सक्ने देशका रूपमा पनि प्रस्तुत गर्नुपर्छ।’

उनका अनुसार देश र कम्पनीहरू बढी ऊर्जा र स्रोतका लागि प्रतिस्पर्धा गरिरहेका बेला त्यो प्रतिस्पर्धा जमिनबाट समुद्रतर्फसमेत विस्तार भइरहेको छ। यस्तो अवस्थामा नेपालको जलवायु न्यायसम्बन्धी बहस मात्र हाम्रो अर्थतन्त्रलाई अघि बढाउन पर्याप्त नहुन सक्छ। हाम्रो रणनीति फरक हुन आवश्यक छ।

उनले नेपालको हिमालय संरक्षणलाई देशको विशाल स्वच्छ ऊर्जा सम्भावना, विशेषगरी जलविद्युत्सँग जोड्नुपर्ने बताइन्। ‘हामीले ‘लस एन्ड ड्यामेज’लाई स्वच्छ ऊर्जा लगानीसँग जोड्नुपर्छ।जलवायु कूटनीतिलाई आर्थिक कूटनीतिसँग जोड्नुपर्छ। साथै, हाम्रा हिमनदी संरक्षणको अत्यावश्यकतालाई दक्षिण एसियाका लागि उत्थानशील र दिगो ऊर्जा प्रणाली निर्माण गर्ने अवसरसँग जोड्नुपर्छ,’ उनले भनिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

ज्ञवालीले नेपालको अन्तर्राष्ट्रिय जलवायुसम्बन्धी धारणा केवल जोखिममा केन्द्रित हुने अवस्थाबाट अघि बढेर क्षेत्रीय ऊर्जा रूपान्तरणमा नेपालले पुर्‍याउन सक्ने योगदानसमेत देखाउने दिशामा विकास हुनुपर्ने बताइन्। डेटा सेन्टर, कृत्रिम बौद्धिकता (एआई), विद्युतीकरण तथा अन्य नयाँ प्रविधिका कारण विद्युत्को माग बढ्ने अपेक्षा गरिएको जनाउँदै उनले नेपालले आफ्नो नवीकरणीय ऊर्जा स्रोतलाई दक्षिण एसियाको भविष्यको ऊर्जा प्रणालीको हिस्साका रूपमा स्थापित गर्नुपर्ने बताइन्। 

‘नेपालका लागि प्रश्न केवल जलवायु परिवर्तनबाट भइरहेको क्षतिको क्षतिपूर्ति कसले दिन्छ भन्ने मात्र हुन सक्दैन। हामीले यो पनि सोध्नुपर्छ कि ऊर्जा रूपान्तरणमा नेपालले के योगदान गर्न सक्छ र त्यो योगदानले हाम्रा जनताका लागि कसरी आर्थिक अवसर सिर्जना गर्न सक्छ,’ उनले भनिन्।

स्वच्छ ऊर्जा आपूर्तिकर्ता बन्नका लागि ऊर्जा उत्पादन क्षमता बढाउनु मात्र पर्याप्त नहुनेमा उनले जोड दिइन्। नेपालले प्रसारण प्रणाली, ऊर्जा भण्डारण, क्षेत्रीय विद्युत् अन्तरसम्बन्ध, जलवायु उत्थानशील पूर्वाधार तथा सुलभ विद्युत्मा थप लगानी गर्नुपर्ने उनको भनाइ छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

न्यूयोर्कमा भएको छलफलमा विद्युत् पूर्वाधारको बढ्दो महत्व र लागतबारे समेत चर्चा भएको उनले बताइन्। विद्युतीकरण, अन्तर्राष्ट्रिय जलवायु तथा ऊर्जा नीति र जलवायु वित्तलगायतका क्षेत्रमा जिम्मेवारी सम्हाल्ने बेलायतकी जलवायु संक्रमणसम्बन्धी राज्यमन्त्री केटी ह्वाइटले पनि स्वच्छ ऊर्जा संक्रमणसँगै आउने पूर्वाधारसम्बन्धी चुनौतीबारे धारणा राखेकी थिइन्। 

जलवायु न्यायमा आर्थिक अवसर पनि समेटिनुपर्छ 
ज्ञवालीले नेपालको जलवायु कूटनीतिले जलवायु वित्त, प्रविधि हस्तान्तरण, अनुकूलन सहयोग तथा ‘लस एन्ड ड्यामेज’को मान्यताका लागि निरन्तर आवाज उठाउनुपर्ने बताइन्। तर, जलवायु न्यायमा जलवायु जोखिममा रहेका देशहरूले थप बलियो र उत्थानशील अर्थतन्त्र निर्माण गर्न पाउने अवसर पनि समेटिनुपर्ने उनको भनाइ छ। 

‘नेपालका लागि जलवायु न्याय भनेको ‘लस एन्ड ड्यामेज’को क्षतिपूर्ति मात्र होइन। यसले वित्त, प्रविधि, उत्थानशील पूर्वाधार र बजारमा पहुँचसमेत सुनिश्चित गर्नुपर्छ, जसले नेपाललाई आफ्नो स्वच्छ ऊर्जा सम्भावनालाई आर्थिक अवसरमा रूपान्तरण गर्न सघाओस्,’ उनले भनिन्। 

क्लाइमेट विकका क्रममा ज्ञवालीले वातावरणीय अभियन्ता जेन फोन्डा र एरिन ब्रोकोभिचसँग पनि भेटघाट तथा छलफल गरेकी थिइन्। उनीहरूसँग नेपाल र हिमालयले सामना गरिरहेका जलवायु चुनौतीबारे छलफल भएको उनले बताइन्।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १३:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
सम्बन्धित सामग्री
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न उनले सुनारमाथि महिलामाथि घरेलु हिंसाको आरोप रहेको सांसद चौलागाईंले बताए। बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना पार्टीले एक सार्वजनिक सूचना जारी गर्दै आवश्यक मापदण्ड पूरा गर्ने घर तथा जग्गाधनीहरूबाट औपचारिक प्रस्ताव आह्वान गरेको हो। बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्