काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चियापान कार्यक्रम भृकुटीमण्डपमा जारी छ। नेता-कार्यकर्तादेखि सर्वसाधारणसम्म यहाँ आइपुगेका छन्। १२ बजेदेखि सुरु भएको चियापानमा ३ बजेपछि विशिष्ट पाहुना सहभागी छन्, उनीहरुलाई नेताहरुले स्वागत गरिरहेका छन्।
_x000D_
_x000D_
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का नेता सीताराम यचुरीले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालको बीचमा रहेर आगन्तुकको स्वागत गरेका छन्।
_x000D_
_x000D_
प्रधानमन्त्री नै आएनन्
_x000D_
कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएका छैनन्। रुघाखोकीले स्वास्थ्यमा समस्या देखिएकाले उनी नआएको उनका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए।
_x000D_
_x000D_
अन्य पार्टीका नेताहरु तथा अन्य विशिष्ट पाहुनाहरु आउने क्रम जारी छ। कांग्रेसबाट गोपालमान श्रेष्ठ र अर्जुन नरसिंह केसी पनि आइसकेका छन्।
_x000D_
_x000D_
सर्वसाधारण र कार्यकर्ताहरुलाई भने दिउँसो १२ देखि ३ बजेसम्मको समय छुट्याइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।