• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

डोल्पामा मरिम नाकामा छोङ्ग्रा मेला सञ्चालन भएन, सीमावर्ती बासिन्दा चिन्तित

64x64
नेपाल लाइभ सोमबार, असोज ५, २०८३  ०७:३२
1140x725

डोल्पा– चीनसँगको सीमा नजिक डोल्पाको मरिम नाकामा लाग्दै आएको छोङ्ग्रा मेला यस वर्ष सञ्चालन हुन सकेन।

गत वर्ष नियमित रूपमा सञ्चालन भएको मेला यस वर्ष नखुलेपछि उपल्लो डोल्पाका स्थानीयवासी खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुनुका साथै आफ्ना स्थानीय उत्पादन बिक्री गर्न नपाएको भन्दै चिन्तित भएका छन्।

डोल्पो बुद्ध गाउँपालिका–१ का अध्यक्ष छिरिङ घुटुक्क मगरका अनुसार अघिल्ला दुई वर्ष लगातार मेला सञ्चालन भए पनि यस वर्ष किन नखुलेको भन्ने स्पष्ट जानकारी आएको छैन। मेला सञ्चालनका लागि गाउँपालिकाको तर्फबाट चिनियाँ पक्षसँग पटक–पटक पत्राचार गरी पहल गरिए पनि मेला सञ्चालन हुन नसकेको उनले बताए।

‘गाउँपालिकाले चिनियाँ सीमातर्फ पत्र पठाएर मेला सञ्चालनका लागि पहल गर्‍यौं। तर यस वर्ष मेला खुलेन,’ अध्यक्ष मगरले भने।

उनले सीमावर्ती नेपाली बासिन्दाको दैनिक जीवनसँग जोडिएको मेला सञ्चालनका लागि संघीय सरकारले कूटनीतिक माध्यमबाट थप पहल गर्नुपर्ने बताए।

मरिमको सीमावर्ती हाट उपल्लो डोल्पाका बासिन्दाका लागि वर्षभरिका आवश्यक सामान जुटाउने महत्त्वपूर्ण माध्यम हो। स्थानीयले त्यहाँ यार्चागुम्बा, च्याङ्ग्रा, चिया, घिउ, छुर्पीलगायत स्थानीय उत्पादन बिक्री गर्ने र त्यसबाट आएको रकमले खाद्यान्न, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य वस्तु खरिद गर्ने गरेका छन्।

डोल्पो बुद्ध गाउँपालिकाका स्थानीय छुल्डिम लामाले यस वर्ष मेला नखुलेपछि घरमा खाने दूध र घिउसमेत सकिएको बताए। उनका अनुसार जोमसोम र दुनैबाट सामान खरिद गर्दा ढुवानी खर्चका कारण महँगो पर्ने गरेको छ।

‘मरिमको मेला खुलेको भए १० दिनमै वर्षभरिका लागि चाहिने धेरै सामान किनेर ल्याउन सकिन्थ्यो। यस वर्ष मेला नखुलेपछि दैनिक आवश्यक सामानका लागि टाढा जानुपर्ने अवस्था आएको छ,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, काइके गाउँपालिकाका स्थानीय व्यापारीहरूले यार्चागुम्बा तथा च्याङ्ग्रा बिक्री गर्ने महत्त्वपूर्ण अवसरसमेत गुमेको बताएका छन्। उनीहरूका अनुसार मेलामा च्याङ्ग्रा, भेडालगायत पशु तथा स्थानीय उत्पादनको खरिद–बिक्री सहज हुने गरेको थियो।

मुस्ताङमा पनि च्याङ्ग्राको आपूर्तिमा असर पर्ने चिन्ता

मुस्ताङका च्याङ्ग्रा व्यापारी निरज थकालीका अनुसार मरिम नाका सञ्चालन नहुँदा मुस्ताङ हुँदै पोखरा र काठमाडौं पुग्ने च्याङ्ग्राको आपूर्तिमा समेत असर पर्न सक्छ।

“मरिम नाका नखुल्ने हो भने मुस्ताङबाट पोखरा र काठमाडौं जाने च्याङ्ग्राको संख्या घट्न सक्छ,” थकालीले बताए।

उनका अनुसार यस वर्ष चिनियाँ मुद्रा युआनको मूल्य बढेकाले कोरला नाका हुँदै गत वर्षको तुलनामा कम च्याङ्ग्रा नेपाल भित्रिन सक्ने अवस्था छ। यसले दसैँका लागि काठमाडौंलगायतका बजारमा च्याङ्ग्राको आपूर्तिमा असर पार्न सक्ने उनले बताए।

थकालीका अनुसार पछिल्ला तीन–चार वर्षदेखि काठमाडौंका च्याङ्ग्रा व्यापारीहरूले मुस्ताङबाट च्याङ्ग्रा खरिद गरी भक्तपुरको सल्लाघारीसम्म लैजाने गरेका छन्। त्यहाँबाट काठमाडौं उपत्यकाका विभिन्न बजारमा च्याङ्ग्रा बिक्री हुने गरेको उनले बताए।

मरिम छोङ्ग्रा मेला सञ्चालन नहुनु र कोरला नाकाबाट हुने च्याङ्ग्राको आयातमा सम्भावित कमीले यस वर्ष दसैँको बजारमा च्याङ्ग्राको आपूर्तिमा असर पार्न सक्ने व्यवसायीहरूको भनाइ छ।

स्थानीयले आगामी वर्षदेखि मेला नियमित रूपमा सञ्चालन हुने वातावरण बनाउन नेपाल सरकारले चिनियाँ पक्षसँग कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन्।

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा
तीन वटा संसदीय समितिको बैठक बस्दै
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ
सम्बन्धित सामग्री
डोल्पामा मरिम नाकामा छोङ्ग्रा मेला सञ्चालन भएन, सीमावर्ती बासिन्दा चिन्तित गत वर्ष नियमित रूपमा सञ्चालन भएको मेला यस वर्ष नखुलेपछि उपल्लो डोल्पाका स्थानीयवासी खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभ... सोमबार, असोज ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... सोमबार, असोज ५, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरलाई आवश्यक पुनर्निर्माण तथा व्यवस्थापनको काम पूरा गरी पुनः सञ्चालनमा ल्याउ... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
कार्टुन सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्