काठमाडौं– प्रिमियर लिगमा आर्सनलले शीर्षस्थान गुमाएको छ।
ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको छ। सिटीले आइतबार घरेलु मैदानमा सन्डरल्यान्डलाई हराए तीन अंकको अग्रता बनाउन सक्छ।
युरोपा लिग विजेता एस्टन भिल्लासँग टोटनह्याम घरेलु मैदानमा ३–२ ले पराजित भयो। टोटनह्याम खेलमा गोल गर्न सफल भए पनि हार टार्न सकेन। न्युक्यासलले हललाई २–१ तथा एभर्टनले इप्सविचलाई १–० ले हराए।
फ्राङ्क लाम्पार्डको प्रशिक्षणमा रहेको कोभेन्ट्रीले नटिङ्घम फरेस्टलाई १–० ले हराउँदै लगातार चार खेलको हारको शृंखला अन्त्य गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।