काठमाडौं– म्यानचेस्टर युनाइटेड दुई गोलको अग्रता जोगाउन नसक्दा ब्राइटनसँग ३–२ ले पराजित भएको छ।
यो हारसँगै युनाइटेड लगातार दोस्रो सिजन इङ्लिस लिग कपको तेस्रो चरणबाटै बाहिरिएको छ।
ओल्ड ट्राफोर्डमा घरेलु टोलीले शिया लेसी र मेसन माउन्ट गोलसँगै १० मिनेटमै २–० को अग्रता लिएको थियो। तर‚ ब्राइटनले खेलमा पुनरागमन गर्यो।
चारालाम्पोस कोस्टुलासले पहिलो हाफ सकिनुअघि एक गोल फर्काए। दोस्रो हाफमा पास्कल ग्रोस र म्याक्सिम डे कुइपरले गोल गरेपछि ब्राइटनले ३–२ को जित निकाल्यो।
युनाइटेड यसअघि गत सिजन चौथो श्रेणीको ग्रिम्स्बीसँग पराजित हुँदै लिग कपबाट बाहिरिएको थियो। यससँगै लगातार दोस्रो सिजन प्रतियोगिताको सुरुआती चरणमै उसको यात्रा समाप्त भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।