काठमाडौं– राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले बुधबार रेसिङ सान्तान्देरलाई ७–२ गोलले पराजित गरेको छ।
योसँगै ला लिगामा बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा तीन अंकले अगाडि छ। रियल मड्रिडले मंगलबार एल्चेलाई पराजित गरेको थियो।
बार्सिलोनाले सिजनको सुरुआतमा लगातार सात खेल जित्ने क्लब इतिहासकै नयाँ कीर्तिमान पनि बनाएको छ।
बार्सिलोनाले यसअघि लगातार सात खेल जितेर सिजन सुरु गर्न सकेको थिएन। उसले यस सिजन ला लिगामा लगातार ६ खेल जितेको छ भने यूईएफए च्याम्पियन्स लिगमा एक खेल जितेको छ।
बार्सिलोनाको जितमा राफिन्हाबाहेक गाब्रियल जेसुस, लामिन यमल र जोआओ कान्सेलोले गोल गरे। रेसिङका एसियर भिल्लालिब्रेले आफ्नै पोस्टमा गोल गरेका थिए। रेसिङका लागि मागेटे गुएये र यासिर जाबिरीले गोल गरे।
ह्याट्रिकसँगै राफिन्हाले ला लिगामा आफ्नो गोल संख्या ६ खेलबाट ९ पुर्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।