काठमाडौं– साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ ।
कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ९ सय रुपैयाँले घटेर ३ लाख १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
सुनको मूल्य ९ सय रुपैयाँले घटेर ३ लाख १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला ४६०० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५७ हजार २ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९४४ रुपैयाँ कायम भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।