काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९:०० बजेसम्मको विवरण अनुसार विभिन्न नौ वटा बैंकमा रु दश अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ ।
त्यस्तै, कोषका अन्य दुई वटा बैंकमा रहेको डलर खातामा रु दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ ।
राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।