काठमाडौ- अर्थमन्त्री स्वर्णिम वाग्ले भारतीय समकक्षी निर्मला सीतारमणको निमन्त्रणामा असाेज १ गते भारत जाने तय भएकाे छ ।
उनकाे भारत भ्रमण तय भएकाे नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले साेमबार राजधानीमा पत्रकारहरूसंगकाे भेटमा जानकारी गराए ।
दुईदिने भ्रमणका क्रममा वाग्लेले नेपाल–भारत आर्थिक सहकार्य तथा विपद्पछिको पुनर्निर्माणबारे छलफल गर्ने बताइएकाे छ ।
भाेटेकाेशी बाढीपछि नेपालको तर्फबाट भारतमा हुन लागेकाे याे पहिलो उच्चस्तरीय भ्रमण हाे ।
नयाँदिल्लीमा रहँदा वाग्लेले भारतीय विदेशमन्त्री एस जयशंकर तथा वाणिज्य एवं उद्योगमन्त्री पीयूष गोयलसँग पनि भेटवार्ता गर्ने छन् ।
वाग्लेले भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्नुका साथै दिल्ली स्कुल अफ इकोनोमिक्समा प्रवचनसमेत दिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।