काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सबै निकायहरूसँग विदेश भ्रमण गएका कर्मचारीको विवरण माग गरेको छ। कार्यालयले केही समयअघि पत्र नै पठाएर वैदेशिक भ्रमणमा जाने कर्मचारीको विवरण पेस गर्न निर्देशन दिएको हो।
_x000D_
_x000D_
चालू आर्थिक वर्ष (आव) २०७५/७६ को पहिलो दुई महिना साउन र भदौमा विदेश भ्रमणमा गएका कर्मचारीको विवरण माग गरिएको कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले नेपाल लाइभलाई बताए।
_x000D_
_x000D_
निर्देशनअनुसार अधिकांश निकायबाट विवरण प्राप्त भइसकेको समेत उनले बताए।
_x000D_
_x000D_
जथाभावी वैदेशिक भ्रमणमा जाने प्रवृत्तिले अभिलेख समेत नरहने र राज्यको बजेट खर्च हुने भएकाले व्यवस्थित गर्नु अत्यावश्यक रहेको ठहर कार्यालयको छ।
_x000D_
_x000D_
वैदेशिक भ्रमण व्यवस्थित गर्न गत बैशाखमा सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ जारी गरेको थियो। तर, त्यसका बावजुद पनि जथाभावी वैदेशिक भ्रमणमा जाने क्रम भने रोकिएको छैन।
_x000D_
_x000D_
केही दिनअघिमात्रै कार्यालयले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका १९ जना पदाधिकारीको वैदेशिक भ्रमण रोकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।