काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (विप्लव नेकपा)का केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का ‘असल’ रिहा भएका छन्। खड्का सर्वोच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका हुन्। खड्कालाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै रिहाइको माग गर्दै दुर्गाप्रसाद जैसीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिहाईको आदेश दिएपछि उनी रिहा भएका हुन्।
_x000D_
_x000D_
न्यायाधिसद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त ईजलासले खड्कालाई बिनाकारण सरकारले हिरासतमा राखेको भन्दै रिहाईको आदेश दिएको हो। सर्वोच्च अदालतले असोज १५ गते नै लिखित जवाफसहित ३ दिनभित्र खड्कालाई उपस्थित गराउन गृहमन्त्रालय, मकवानपुर जिल्ला प्रहरी कार्यालयको आदेश दिएको थियो।
_x000D_
_x000D_
भदौ ५ गते काठमाडौँ आउँदै गर्दा धादिङको नौबिसेबाट खड्कालाई सादा पोसाकका प्रहरीले गिरफ्तार गरेका थिए। पक्राउ गरेर २ दिनपछि मात्रै बुटवलको इलाका प्रहरी कार्यालय पुराईएका खड्कालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
_x000D_
_x000D_
धरौटीमा रिहा भएपनि प्रहरीले पक्रेर मकवानपुर पर्याएको थियो। नेता खड्कालाई रुपन्देहीमा भारतीय पेन्सन क्याम्पमा बम विस्फोट गरेर क्षति पुराएको आरोप लगाईएको थियो। त्यस्तै मकवानपुरमा अागजनीको मुद्दा पनि लगाईएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।