काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले राजमार्ग र नदी केन्द्रित गर्दै काडमाडौं उपत्यका प्रवेश गर्ने र बाहिरिने हेलिकोप्टरको रुट (हेलिलेन) विस्तार तथा परिमार्जन गर्ने भएको छ।
_x000D_
_x000D_
प्राधिकरणले हेलिलेन विस्तार तथा परिमार्जनका लागि कार्यदल समेत गठन गरेर काम थालनी गरेको गरिसकेको छ। प्राधिकरण उपमहानिर्देशक राजन पोखरेलले हेलिलेन विस्तार तथा परिमार्जनको काम मंसिर दोस्रो सातासम्ममा सम्पन्न हुने जानकारी दिए। 'देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढदो एयर ट्राफिक समस्या समाधानका लागि हेलिलेन परिमार्जन गर्न लागिएको हो' पोखरेलले भने।
_x000D_
_x000D_
देशका विभिन्न स्थानबाट उडान गर्दे काठमाडौं उपत्यमा प्रवेश गर्ने र बाहिरिने हेलिकोप्टरका लागि ८ वटा रुट छन्। प्राधिकरणले शीतलनिवासको सुरक्षाका लागि सितापाइला हुँदै उपत्यका प्रवेश गर्ने र बाहिरिने रुटमा प्रतिबन्ध लगाएको थियो।
_x000D_
_x000D_
यसबाहेक कमलविनायक (भक्तपुरलेन), चाँगु (चाँगुलेन), सुुन्दरीजल (गोकर्णलेन), टोखा (टोखालेन), कृष्णडोल (मनमैजुलेन),कीर्तिपुर (थानकोटलेन) र खोकना (बाग्मतीलेन) भने अहिले चालु अवस्थामा छन्। यी हेलिलेनबाट ४ हजार ८ सय फिट भन्दा तल्लो तहबाट उडाउँदै हेलिकोप्टर विमानस्थलमा ल्यान्ड र उडान गर्दै बाहिर जान पाउँछन्।
_x000D_
_x000D_
यसकारण विमानस्थलमा हेलिकोप्टर तथा विमान उडान/अवतरणमा एकले अर्कोलाई समस्या गर्दै आएको छ। यसले विमानस्थलको एयर ट्राफिक जाम बढ्दो छ।
_x000D_
_x000D_
अब हेलिलेनलाई विस्तार तथा परिमार्जन गरी एकले अर्कोलाई अवरोध नगर्ने गरी हेलिलेन तय हुने पोखरेल बताउँछन्। अहिले ५ नकिटकल माइल भित्र रहेको हेलिलेनलाई जतिसक्दो तल्लो तहबाट उडान गर्न मिल्ने गरी ३० नटिकलमाइलसम्म विस्तार गरी हेलिलेन विस्तार तथा परिमार्जन गरिने उनको भनाइ छ।
_x000D_
_x000D_
हेलिलेन विस्तार तथा परिमार्जनका लागि प्राधिकरणका बरिष्ठ उडान सञ्चालन निरीक्षक गुुञ्जमान लामाको नेतृत्वका काम भइरहेको छ। कार्यदलले राजमार्ग तथा नदीनाला गरी हेलिलेन विस्तार गर्न सकिने गरी रिपोर्ट प्राधिकरणमा पेस गर्नेछ। सोही रिपोर्टको आधारमा प्राधिकरणले हेलिलेन सञ्चालनमा ल्याउने पोखरेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।