काठमाडौं– सरकारले पाँच जिल्लाका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गरेको छ।
मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहमा रहेका गरिब घरपरिवारको सूची स्वीकृत गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार स्वीकृत सूचीमा ती पाँच जिल्लाका कुल १७ हजार ४३८ गरिब घरपरिवार समेटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।