काठमाडौं– रियल मड्रिडले युरोपेली च्याम्पियन्स लिगको लिग चरणमा इन्टर मिलानलाई २–१ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
मंगलबार सान्टियागो बर्नाबेउमा भएको खेलमा १५ पटकको युरोपियन च्याम्पियन रियलले सुरुआती अग्रता जोगाउँदै खेल जितेको हो। रियलले इन्टरका रक्षात्मक गल्तीको फाइदा उठाउँदै २५ मिनेट नपुग्दै दुई गोलको अग्रता बनाएको थियो।
१४औं मिनेटमा किलियन एमबाप्पेले रियललाई सुरुआती अग्रता दिलाए। यो एमबाप्पेको यस सिजन च्याम्पियन्स लिगमा पहिलो गोल थियो। उनले लगातार ११औं च्याम्पियन्स लिग सिजनमा गोल गर्न सफल भएका छन्।
२३औं मिनेटमा फेडेरिको भाल्भेर्देले इन्टरका गोलरक्षक जोसेप मार्टिनेजबाट बल खोसेर खाली पोस्टमा गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।