काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा आज काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४:३० बजे सुरु हुनेछ।
प्रतियोगिताको प्लेअफ चरणअन्तर्गत हुने यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ। एलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेताले फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ।
काठमाडौं गोर्खाज पछिल्ला पाँच खेलमध्ये तीनमा विजयी भएको छ भने दुई खेलमा पराजित भएको छ। चितवन राइनोजले भने पछिल्ला पाँच खेलमा दुई जित र तीन हार बेहोरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।