साल्ट लेक सिटी, अमेरिका – ‘व्यभिचार कुत्सित आदत मात्र हैन, अपराधको कडी पनि हो’ अमेरिकाको उटाह विश्वविद्यालयमा अध्ययनरत छात्रालाई गोली हानी हत्या गर्ने एक अपराधीको ‘क्राइम प्रोफाइल’ तयार गरेपछि अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु आश्चर्यमा परे। विस्मयसहित उनीहरुको ठहर के छ भने, ‘इन्टरनेट यौन गतिविधिका लागि एउटा कुलत हुन सक्छ जसले मान्छेलाई एउटा निर्मम अवस्थामा पुर्याउँछ।’
_x000D_
_x000D_
प्रहरीलाई नै आश्चर्यमा पार्ने त्यस्ता विवरणहरु के रहेछन् त उटाह विश्वविद्यालय गोली काण्डको अन्तर्यमा?
_x000D_
_x000D_
भएको के रहेछ भने, यौन शोषणका लागि महिलालाई ललाइफकाई जालमा पार्ने ती व्यक्तिले दसाैं वर्ष जेलमा बसे पनि त्यस्तै कुकर्म नछाडेको पाइएको छ। सन् २०१२ मा रेकर्ड गरिएको र उटाह राज्यका अधिकारीहरुले हालै सार्वजनिक गरेका विवरणमा मेल्भिन रोल्यान्ड नामक ती व्यक्तिको कथा समेटिएको छ। भनिएको छ, ‘व्यभिचारमा फसेका मेल्भिनले किशोरी र जोखिममा परेका महिलालाई लोभ्याउने, व्यक्तिगत वा अनलाइनबाट भेटेका महिलालाई चलाखीपूर्वक आफ्नो जालमा पार्ने गरेका रहेछन्।’
_x000D_
_x000D_
तिनै ३७ वर्षीय रोल्यान्डले सोमबार राति वासिङ्टनको पुलम्यान निवासी २१ वर्षीया लरेन म्याक–क्लस्कीमाथि विश्वविद्यालय परिसरभित्रै गोली प्रहार गरेर हत्या गरे। लरेनमाथि गोली चलाउने रोल्यान्डले पनि लगत्तै आत्महत्या गरेका थिए। त्यसपछि प्रहरीले रोल्यान्डमाथि सोधखोज सुरु गर्याे।
_x000D_
_x000D_

_x000D_
_x000D_
पीडितकी आमा जील म्याक–क्लस्कीले रोल्यान्डले झुटो कुरा बताएर छोरीलाई फसाएको बताइन्। उनले प्रहरीलाई के जानकारी दिइन् भने, ‘त्यही थाहा पाएर मेरी छोरीले त्यो व्यक्तिसँग एक महिनासम्म चलेको प्रेमसम्बन्ध तोडेकी थिइन्।’
_x000D_
_x000D_
रोल्यान्डले आफ्नो नाम, उमेर र आपराधिक इतिहास सबै झुटो बताएका रहेछन्। लरेनलाई मात्र होइन इन्टरनेटबाट भेटिएका अरु युवतीहरुलाई पनि उनले यस्तै झुटा आश्वासन र विवरण दिँदै लोभ्याउने गरेको प्रहरीको दाबी छ।
_x000D_
_x000D_
लरेन म्याक–क्लस्कीले उसको वास्तविकता थाहा पाएपछि विश्वविद्यालयका प्रहरीसमक्ष यौन प्रताडनाको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। गोलीकाण्ड हुनुअघि लरेनको परिवारले रोल्यान्डविरुद्ध मुद्दा दर्ता गर्ने तयारी समेत गरिरहेको थियो।
_x000D_
_x000D_
उटाहका अधिकारीहरुले सन् २०१० देखि २०१८ सम्मको पृष्ठभूमि विश्लेषण गर्दा रोल्यान्डको व्यवहारमा कुनै परिवर्तन नआएको र महिलासँग नजिक हुन अनलाइनको प्रयोग निरन्तर गरिरहेको बताएका छन्।
_x000D_
_x000D_
यसै वर्षको सुरुमा रोल्यान्डले आफू परिवर्तन भइसकेको बयान दिएका थिए। उनले जेलमा रहँदा बनाएको दौंतरी र एक बच्चाका पिताले आफूलाई सहानुभूति दिएको तथा नियम कानुनका बारेमा धेरै सिकेको बताएका थिए।
_x000D_
_x000D_
‘विगतको भन्दा अहिले मलाई धेरै फरक अनुभूति भएको छ’ रोल्यान्डले प्रहरीसँग भनेका थिए ‘म पहिले स्वार्थी, आत्मरतिमा रमाउँने व्यक्ति थिएँ। मेरो कथा यत्ति हो।’
_x000D_
_x000D_
दुई महिनापछि रोल्यान्डको बयानका आधारमा उनलाई केहीचाँडो जेलमुक्त गरियो। कम उमेरकी एक बालिकालाई अनलाइनमार्फत प्रलोभनमा पार्ने कोसिस गरेको तथा यौन शोषणको प्रयत्न गरेको आरोपमा दोषी ठहर गर्दै रोल्यान्डलाई सन् २००४ मा जेलमा हालिएको थियो।
_x000D_
_x000D_
अनलाइन–आधारित यौन अपराधको अनुसन्धानका क्रममा प्रहरीले रोल्यान्डलाई पक्राउ गरेको थियो। उनको बारेमा छानबिन भइरहेको अवस्थामा एक महिलाले आफूमाथि पनि तिनै रोल्यान्डले यौन आक्रमण गरेको प्रहरी समक्ष बयान दिएकी थिइन्।
_x000D_
_x000D_
रोल्यान्डलाई पुनः दोस्रो पटक जेलमा पठाइयो। उनीमाथि यसपटक अश्लिल सामग्री (पोर्नोग्राफी) राखेको र उपचार (थेरापी) पूरा नगरेको आरोप लगाइएको थियो।
_x000D_
_x000D_
रोल्यान्ड वास्तवमा न्यूयोर्कमा जन्मिएका र एक वृद्ध जोडीले उनलाई धर्मपुत्र राखेका थिए, तर सानै उमेर छँदा ती वृद्ध दम्पतीको मृत्यु भएको थियो। त्यसपछि उनलाई सरकारी आवासमा पठाइयो र कोलोराडोको एक आवासीय स्कुलमा भर्ना गरियो। उनले त्यहाँबाट माध्यमिक तहको पढाइ पूरा गरेका थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
उनले क्यालिफोर्नियाको बर्कलेस्थित बुद्धिस्ट इन्स्टिच्यूटमा पनि केही समय बिताए। जब्स कप्र्समा काम गरेका उनले साल्ट लेक कम्युनिटी कलेजमा कक्षा पनि लिए।
_x000D_
_x000D_
फेब्रुअरीमा प्रहरी समक्ष दिएको वयानमा रोल्यान्डले आफू उटाह विश्वविद्यालयमा स्वास्थ्य विषयमा अध्ययनरत रहेको बताएका थिए। तर, उनी सन् २००३–२००४ मा दुई सेमेस्टर मात्र यस विश्वविद्यालयमा पढेका थिए। रोल्यान्डले आफू चिकित्सक बन्ने सोचमा रहेको बताएका थिए, तर आफ्नो जीवन ‘इन्टरनेटमा आधारित यौन गतिविधि’ले बर्बाद बनाएको उनले स्वीकारेका छन्।
_x000D_
_x000D_
कुकर्म र कमजोर सोचले आफूलाई जेलमा पटकपटक लगेकामा उनी आफैंलाई दोष दिन्थे। उनको सम्भावित हिंसात्मक व्यवहारका बारेमा सरकारी अधिकारीहरु जानकार भए पनि सुध्रिने मौका दिइएको थियो।
_x000D_
_x000D_
कैंयौं खुला सुनुवाइका क्रममा केही अधिकारीले रोल्यान्डको व्यवहारमाथि प्रश्न गरेका थिए। उनीहरुले रोल्यान्डले पूर्ण उपचार गर्न नसक्ने र समस्याबाट बाहिर उम्कने कठिन हुने बताएका थिए।
_x000D_
_x000D_
सुनुवाइ गर्ने एक अधिकृत पेगीन स्टेवार्टले सन् २०१६ मा भएको यस्तै सुनुवाइमा पनि रोल्यान्डले स्त्रीमाथि गरिने व्यवहारमा कुनै फरक ल्याउन नसकेको बताइन्। रोल्यान्डले जेलका एक कर्मचारीको मद्दत लिएर इन्टरनेटको पहुँच हासिल गरेका थिए। उनको कुत्सित व्यवहारका कारण जेलभित्रै उपलब्ध कतिपय कार्यक्रममा उनलाई सहभागी गराइएको थिएन।
_x000D_
_x000D_

_x000D_
_x000D_
‘एउटा घटनामा, रोल्यान्डले जेलबाट छुटेकी एक महिलालाई पत्र लेख्दै जेल बाहिरको सडकमा फरक किसिमका लुगा लगाएर देखापर्न आग्रह गरेका थिए’ स्टेवार्टले भनिन्।
_x000D_
_x000D_
हत्या गरिएकी म्याक–क्लस्कीको सम्झनामा विश्वविद्यालयका सयौं विद्यार्थीले पुष्पगुच्छा अर्पण गर्नुका साथै मैनवत्ती बालेका थिए। विश्वविद्यालयको झण्डालाई पनि आधा झुकाइएको थियो। एथ्लेटिक्स खेलाडी समेत रहेकी सञ्चार विषय अध्ययनरत म्याक–क्लस्कीको सम्झनामा ट्राक एन्ड फिल्ड खेलाडीलाई प्रोत्साहन गर्न छात्रवृत्ति स्थापना गर्न रकम सङ्कलन गरिएको छ।
_x000D_
_x000D_
‘उनी अत्यन्तै योग्य, इमान्दार थिइन्। हामीले वास्तवमै एक असल साथी गुमाएका छौं’ उनकी एक मित्रले भनिन्, ‘इन्टरनेट शिकारीबाट उनी बच्न सकिनन्।’
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।