काठमाडौं- इङ्ग्ल्यान्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अपराह्न नेपाल ल्याँदैछ। आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी आज युएईबाट अपराह्न ३ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ। ट्रफी लिएर आइसिसीको एक प्रतिनिधिमण्डल काठमाडौँ आउनेछ। उक्त ट्रफी नेपालमा सोमबारसम्म राखिनेछ।
_x000D_
_x000D_
नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरि हुँदै वसन्तपुर पुर्याइनेछ। घिमिरेका अनुसार शुक्रबार अपराह्न ट्रफी नेपाल ल्याइएलगत्तै स्वयम्भू लगिनेछ। स्वयम्भूमा केही घन्टा प्रदर्शनीमा राखिनेछ।
_x000D_
_x000D_
शनिबार बिहान ट्रफीलाई पोखरा क्रिकेट रङ्गशाला लगिनेछ। पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल) का लागि सबै खेलाडी र क्रिकेट सम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो।
_x000D_
_x000D_
'ट्रफी टुरको मुख्य उद्देश्य क्रिकेटको क्रेज बढाउनु र पर्यटन प्रवर्द्धन हो,' घिमिरेले भनिन्, 'पोखरा रङ्गशालाका साथै फेवाताल र साराङकोटसम्म पुर्याउने तालिका छ, समयले भ्याएसम्म रुपाताल र बेगनास तासम्म ट्रफी पुर्याइन्छ।'
_x000D_
_x000D_
ट्रफी शनिबार बेलुकी पोखराबाट पुनः काठमाडौँ ल्याइनेछ। त्यसपछि ट्रफीलाई आइतबार काठमाडौँको ऐतिहासिक स्थान चन्द्रगिरि लगिनेछ। चन्द्रागिरिमा लगेर केही घन्टा त्यहाँ प्रदर्शनीमा राखिनेछ। प्रदर्शनीमा सञ्चारकर्मीलाई तस्बिर खिच्न दिइने घिमिरेले बताइन्।
_x000D_
_x000D_
सोही दिन चन्द्रगिरिबाट ट्रफी काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा राखिनेछ। क्रिकेट समर्थक र सर्वसाधारणलाई समेत ट्रफीसँग फोटो खिच्न पाउनेछन्।
_x000D_
_x000D_
आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो। नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको घिमिरेको भनाइ छ। विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिँदैछ। क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलो पटक ल्याउन लागिएको हो। फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ। एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी टुर ओमान, अमेरिका, वेष्टइन्डिज, श्रीलंका, पाकिस्तान र युएई हुँदै नेपाल ल्याउन लागिएको बताइएको छ।
_x000D_
_x000D_
ट्रफी नेपालबाट भारत, न्यूजील्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ।
_x000D_
_x000D_
विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० सहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।