काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको छ। पार्टी कार्यालय बीपी स्मृति भवन, सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।
बैठकले केन्द्रीय महाधिवेशनको निर्धारित मिति नसार्ने गरी वडा, पालिका हुँदै प्रदेश तहसम्मको नयाँ अधिवेशन कार्यतालिका तय गर्ने तयारी गरेको छ। स्रोतका अनुसार वडा अधिवेशन कम्तीमा एक साता पछि सार्ने निश्चित भएको छ।
पार्टीभित्र महाधिवेशनमा सबै पक्षलाई समेट्ने गरी सहमति जुटाउने प्रयास जारी रहेकाले निर्वाचन समितिले पनि कार्यतालिका मिलाउन अधिकतम लचकता अपनाउने भएको छ। कांग्रेसभित्र जारी संवाद र सहमतिको प्रयास मंगलबार दिउँसोसम्म जारी रहने बताइएको छ।
नयाँ कार्यतालिकाले तल्ला तहका अधिवेशनको मिति परिवर्तन गरे पनि केन्द्रीय महाधिवेशनको निर्धारित मितिमा भने असर नपर्ने गरी तयारी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।