काठमाडौं– नेपाली युवा फरवार्ड सुवास बम अजरबैजानको क्लब तुरान तोवुज एफसीमा आबद्ध भएका छन्।
बमले क्लबको यू–१९ टोलीबाट आफ्नो पहिलो सिजन सुरु गर्नेछन्। राम्रो प्रदर्शन गर्न सके भविष्यमा क्लबको सिनियर टोलीमा स्थान बनाउने अवसरसमेत उनले पाउनेछन्।
युरोपेली फुटबलमा पाइला चाल्ने तयारीमा रहेका बमको यो सम्झौतालाई नेपाली फुटबलका लागि पनि सकारात्मक कदमका रूपमा हेरिएको छ। उनको यो दोस्रो विदेशी क्लब हो। यसअघि उनले फिलिपिन्सको टोली सिनिलोअन ब्लुजबाट खेलेका थिए।
विभागीय टोली नेपाल पुलिस क्लबबाट फुटबल करिअर सुरुआत गरेका उनले यसअघि श्री भगवती क्लब र च्यासल युथ क्लबमा समेत खेलिसकेका छन्।
यस्तै, उनले यु–१७ टोलीबाट साफ च्याम्पिनसिपलगायत नेपाली टोलीबाट उमेर समूहका प्रतियोगिता पनि खेलिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।