काठमाडौं– बजार अनुगमनका क्रममा कैफियत देखिएका व्यापारिक फर्मले आफ्नो फर्ममा लागेको सिल खोल्न दबाब दिएका छन्। गत असोज अन्तिम साता वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौंको जमल र न्युरोडका गरी दुई वटा व्यापारिक फर्ममा सिल गरेको थियो।
_x000D_
_x000D_
बजार मूल्यभन्दा अत्यधिक भाउ कायम गरेर सामान बेचेको पाइएपछि विभागले जमलको ‘कोरियन सप’ र न्युरोडको ‘पिनट्स स्टोर’ मा सिल गरेको थियो।
_x000D_
_x000D_
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीले ती फर्मका सञ्चालकहरू आफ्नो फर्ममा लागेको सिल खोल्न विभिन्न तवरबाट दवाव सिर्जना गरिरहेको बताए। विभागकै कर्मचारीहरू पनि बन्द गरेकै दिनदेखि ती फर्म सञ्चालकहरूले सिल तोड्न अनेकखाले दबाब दिएको बताउँछन्।
_x000D_
_x000D_
विभागले गत २४ असोजमा न्यूरोडको फर्ममा सिलबन्दी गरेको थियो। अनुगमनका क्रममा उक्त पसलले ३ सय प्रतिशतसम्म उच्च मूल्य बढाएर बस्तु बिक्री गरेको पाइएको थियो। उक्त पसलले बच्चाका ब्रान्डेड लत्ताकपडा, बालबालिकाका खेलौना लगायतका वस्तुको कारोबार गर्छ। राजन तुलाधरलगायतका आधा दर्जन व्यक्ति उक्त फर्मका सञ्चालक हुन्।
_x000D_
_x000D_
त्यस्तै, कोरियन सपले पनि सामान्यभन्दा ५/६ गुणासम्म बढी मूल्य कायम गरेर कपडाको कारोबार गरेको अनुगमन टोलीले भेटाएको थियो। उक्त पसलले फेन्सी तथा श्रृंगारका वस्तुहरूको कारोबार गर्छ। गत २६ असोजमा अनुगमन टोलीले उक्त पसलमा सिलबन्दी गरेको थियो। उक्त फर्मका सञ्चालक पञ्चनारायण श्रेष्ठ हुन्।
_x000D_
_x000D_
अनुगमन टोलीले ती दुवै फर्मबाट बिलविजक नियन्त्रण गरेको थियो।
_x000D_
_x000D_
विभागका शाखा अधिकृत दीपक पोखरेलले सिलबन्दी गरिएका ती पसलका सम्बन्धमा अनुसन्धान भइरहेको बताए। ‘अहिले ती फर्म सञ्चालकसँग विभागले वयान लिइरहेको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।