काठमाडौं– म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग २–२ को बराबरी खेल्दै फेरि अंक गुमाएको छ।
तीन लिग खेलबाट एक खेल मात्र जितेको युनाइटेडले खेलमा दुईपटक अग्रता लिएको थियो। तर, अन्ततः इन्जुरी समयमा गोल खाँदै बराबरीमा रोकिएको हो।
स्थानान्तरणको अन्तिम दिन क्लबमा आबद्ध भएका एन्स्ले मैटल्यान्ड–नाइल्स वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै नयाँ क्लबका लागि डेब्यु गरेका थिए। उनले लामो दूरीबाट उत्कृष्ट प्रहार गर्दै गोलको माथिल्लो कुनामा बल पुर्याएपछि एभर्टनले एक अंक जोगाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।