• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बाढीपहिरोले यातायात प्रभावित, कतै राति आवागमन बन्द, कतै एक लेनबाट सवारी

64x64
नेपाल लाइभ सोमबार, भदौ २२, २०८३  ०७:२३
1140x725

काठमाडौं– लगातारको वर्षा, बाढी, पहिरो तथा सडक भासिनेलगायतका कारण देशका विभिन्न स्थानका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एक लेनबाट सवारी सञ्चालन भइरहेको छ। 

प्रहरीले विभिन्न सडकखण्डको अवस्थाबारे जानकारी दिँदै वैकल्पिक मार्ग तथा सवारी सञ्चालनको समय तालिका सार्वजनिक गरेको छ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा गत भदौ १६ गतेदेखि बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालबाहक तथा ढुवानीका साधन सञ्चालन हुनेछन्। निजी तथा सार्वजनिक यात्रुवाहक सवारी भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने प्रहरीले जनाएको छ।

मकवानपुरका विभिन्न राजमार्गमा पनि सवारी सञ्चालनका लागि छुट्टै व्यवस्था गरिएको छ। १० चक्कासम्मका मालबाहक तथा ठूला यात्रुबाहक सवारी त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुवाहक सवारीले साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्नेछ।

१४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारी हेटौंडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदी र काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। त्रिखण्डी नजिकको बेलीब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालबाहक सवारीलाई उक्त पुल प्रयोग नगरी नजिकैको डाइभर्सन प्रयोग गर्न भनिएको छ।

विपद्जन्य अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, सवारी चालकले आफ्नो पालोमा अनुशासनपूर्वक सवारी चलाउन, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न प्रहरीले आग्रह गरेको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा वर्षाका कारण अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधनको रातिको आवतजावत रोकिएको छ। गत भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।

रसुवाको पासाङ ल्हामु राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डमा त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि बाटो अवरुद्ध भएको थियो। त्यसपछि आएको बाढीका कारण सडकको अधिकांश भाग नष्ट भएको प्रहरीले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्रिशूली बजार, बेत्रावती हुँदै रसुवागढी नाकासम्म जाने मुख्य राजमार्ग अवरुद्ध भएपछि स्याफ्रुबेँसीसम्म पुग्न काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पार्च्याङ–भोर्ले–० किमि–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्ने सिंगल लेनको कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने बताइएको छ।

धादिङमा पृथ्वी लोकमार्गका विभिन्न स्थानमा पनि यातायात प्रभावित भएको छ। बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरी सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। 

गजुरी गाउँपालिका–२ परेवा भीरमा सडकको तल्लो भाग भासिएपछि एक लेनबाट सवारी सञ्चालन भइरहेको छ। बेनिघाट रोराङ–१० ज्वाङखोलामा सडकमा चिरा परेपछि एक लेनबाट यातायात सञ्चालनमा छ।

गजुरी गाउँपालिका–२ चालिसेमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि पृथ्वी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

Xtrem

Xtrem

मुगुको छायानाथ रारा नगरपालिका–४ ताल्चास्थित नाग्म–मुगु–गमगढी सडकखण्डमा अविरल वर्षाका कारण माथिबाट ढुंगा, माटो र लेदोसहितको पहिरो आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

रोल्पाको परिवर्तन गाउँपालिका–३ भालखोरस्थित सहिद राजमार्गमा पनि अविरल वर्षाका कारण पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडा क्षेत्रमा अविरल वर्षाका कारण बाटो भासिएपछि कान्तिलोकपथ प्रभावित भएको छ। उक्त सडकखण्डमा एक लेनबाट सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

कालिकोटमा कर्णाली राजमार्गका दुई स्थानमा सडक अवरुद्ध भएको छ। शुभकालिका गाउँपालिका–१ गगने खोलामा सडक माथिबाट लेदोसहितको पहिरो आएपछि सडक अवरुद्ध भएको हो। खाँडाचक्र नगरपालिका–७ र ८ को सीमाना रातोपहाडमा करिब ५ देखि ७ मिटर सडक भासिएपछि पनि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट लेदोसहितको पहिरो आएपछि कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।

सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो खसेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–४ आरिङ्गाले फेदीमा लेदोसहितको पहिरो जाँदा राप्ती राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

यसैबीच, चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पनि सवारी सञ्चालनमा आंशिक रोकावट हुने भएको छ। सोमबार बिहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्म तुइनखोला परियोजनाअन्तर्गत माटो कटान कार्यका कारण सवारी सञ्चालन प्रभावित हुने प्रहरीले जनाएको छ। 

कृष्णभीर सडकखण्डको मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सुचारु नभएसम्म प्रत्येक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म सडक बन्द र ८ बजेदेखि ८:३० बजेसम्म सञ्चालन गरिनेछ। त्यसपछि पनि दुई घण्टा बन्द र ३० मिनेट खुल्ने क्रम जारी रहने भएकाले सोहीअनुसार यात्रा गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  ०७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री
कार्टुन
सम्बन्धित सामग्री
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ०५:०० बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ। सोमबार, असोज १२, २०८३
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लामा दर्जनौं सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। सोमबार, असोज १२, २०८३
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता निरन्तर परेको अविरल वर्षाका कारण म्याग्दी जिल्लाको विभिन्न स्थानमा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ। भने ३ जना बेपत्ता भएका छन... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री सोमबार, असोज १२, २०८३
कार्टुन सोमबार, असोज १२, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार सोमबार, असोज १२, २०८३
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्