काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महत्वपूर्ण एक कार्यक्रममा सहभागी हुन आज भारतको दिल्ली प्रस्थान गरेका छन्।
_x000D_
_x000D_
राजधानी नयाँ दिल्लीमा हुने इन्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ लागेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूलाई प्रमुख अतिथि बनाइएकाले सहभागी हुन जान लागेको बताए। ' दुई महिनाअघि आएको निमन्त्रणा अनुसार नै म जान लागेको हुँ। पहिले कार्यक्रम गोवामा भन्ने थियो पछि दिल्ली तय भयो,' उनले भने, 'सहभागी भएर बेलुकाको फ्लाइटमा म फर्कन्छु।' पार्टीको मिटिङ र अन्य व्यस्तताका कारण आजै बेलुका उनी फर्कने कार्यक्रम छ।
_x000D_
_x000D_
इन्डिया फाउन्डेसनले विचार आदानप्रदान कार्यक्रम पाँच वर्षदेखि गर्दै आएको र विगतमा पनि नेताहरु जाने प्रचलन अनुरुप नै आफू जान लागेको उनको भनाइ छ। 'दक्षिण एसिया र अन्तर्राष्ट्रिय स्तरमा फाउन्डेसनले विचार निर्माणमा महत्वपूर्ण भूमिका पनि निर्वाह गर्दै आएको छ,' प्रचण्डले भने, 'मैले त्यहाँ पार्टीको विचार र दक्षिण एसियाको ऐतिहासिक विकासक्रमका साथै नेपाल-भारत सम्बन्धबारे मन्तव्य राख्नेछु।'
_x000D_
_x000D_
सो क्रममा कुनै राजनीतिक भेटघाट नहुने उनले बताए।
_x000D_
_x000D_
गत अगष्टमा दिवंगत भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयी नाममा सुरु गरेको ‘मेमोरियल लेक्चर’मा उनी सहभागी हुनेछन्। सो सम्भाषणमा भारतीय अर्थमन्त्री अरुण जेट्ली र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि सम्बोधन गर्ने बताइएको छ।
_x000D_
_x000D_
प्रचण्ड यसअघि भदौको तेस्रो साता दिल्ली भ्रमणमा गएका थिए। त्यसबेला उनले प्रधानमन्त्री नरेन्द्र मोदीदेखि उनका सुरक्षा सल्लाहकारसम्मलाई भेटघाट गरेका थिए। ‘पुराना सहमति र सम्झौताको कार्यान्वयनको लविङ गर्न’ भन्दै दिल्ली पुगेका प्रचण्डको त्यो भ्रमणलाई राजनीतिक रुपमा अर्थपूर्ण ठानिएको थियो।
_x000D_
_x000D_
भारत भ्रमणपछि प्रचण्ड चिनियाँ राष्ट्रपति सी जिन फिङलाई भेट्ने मनसायसहित चीन पुगेका थिए तर सफल हुन सकेनन्। उनले त्यहाँका उपराष्ट्रपतिसँगको भेटबाट चित्त बुझाउनुपर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।