• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

६ वर्षदेखि पुल अलपत्र, कजवे बग्दा विद्यार्थीसहित तीन जिल्लाका यात्रुलाई सास्ती

64x64
नेपाल लाइभ शनिबार, भदौ २०, २०८३  १३:००
1140x725

सुर्खेत –जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने ताक्सुगाड खोलामा पक्की पुल नबन्दा भेरी करिडोर भएर यात्रा गर्ने यात्रु, सवारीसाधन र स्थानीयवासीले वर्षौँदेखि सास्ती खेप्दै आएका छन्।

पुल निर्माणका लागि ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि निर्माणको काम अघि नबढेपछि सडक योजनाले आवतजावत सहज बनाउन बनाएको अस्थायी कजवे पनि साउन २९ गते आएको बाढीले बगाएको छ ।

पक्की पुल बन्न नसक्दा वर्षायाममा हरेक वर्ष अस्थायी संरचनाको भर पर्नुपर्ने अवस्था छ। तर बाढी आएपछि त्यही अस्थायी संरचना समेत बग्ने गरेकाले ताक्सुगाडमा यातायातसँगै स्थानीयको दैनिक जीवन प्रभावित भएको छ ।

पुल निर्माणमा भइरहेको ढिलाइको सबैभन्दा ठूलो असर भने विद्यार्थीको पढाइमा परेको छ। नलगाड नगरपालिका –१० को रोलीलगायतका बस्तीबाट नलगाड–११ मा रहेको गणेश आधारभूत विद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीहरू ताक्सुगाडमा सुरक्षित आवतजावतको व्यवस्था नहुँदा विद्यालय जानबाट वञ्चित भएका छन्।

स्थानीयका अनुसार खोलापारिबाट मात्रै १०१ जना विद्यार्थी उक्त विद्यालयमा अध्ययन गर्न जाने गरेका छन्। विद्यालय रहेको चोखा क्षेत्रमा ६१ जना विद्यार्थी अध्ययनरत छन्। बाढीले कजवे बगाएपछि खोलापारिका विद्यार्थीको नियमित पठनपाठन रोकिएको हो।

स्थानीय दीपक नेपालीका अनुसार लामो समय विद्यालय जान नसक्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ । केही विद्यार्थीले पढाइ नै छाड्ने अवस्था आउन सक्ने चिन्ता बढेको उनले बताए।

विद्यार्थीलाई पढाइबाट पूर्ण रूपमा वञ्चित हुन नदिन दुई ठाउँमा विद्यालय सञ्चालन गर्ने तयारी थालिएको छ । तर एउटै शिक्षकलाई दुई ठाउँमा बाँडेर पढाउनुपर्ने भएपछि त्यसबाट पनि पठनपाठन प्रभावित हुने अवस्था रहेको स्थानीयको भनाइ छ ।

ठेक्का लाग्यो, पुल बनेन

Ncell 2
Ncell 2
nimb
nimb

क्याराभान हिराचन जेभीले रु १८ करोड ४३ लाख ४३ रुपैयाँमा २०७७ माघ २ गते नलगाड खोला र झिमीखोलामा १५० मिटर पुल बनाउने भन्दै भेरी करिडोर योजनासँग सम्झौता गरेको थियो ।

त्यस्तै नलगाड ८ को मैदेखोला , वडा नम्वर ८ र ९ को सिमानामा रहेको त्रात्रगाड खोला , वडा नम्वर १० र ११ को विचमा रहेको ताक्सुगाडमा पुल निर्माण गर्ने भन्दै रायमाझी क्याराभान जेभीले २०७७ माघ २ गत नै रु १३ करोड ५४ लाख ३८ हजार ९०० मा अर्को ठेक्का लिएको थियो । यि दुई पुल १ सय मिटरका हुन् ।

सम्झौताअनुसार पुल ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि करिब ६ वर्ष बितिसक्दा समेत ताक्सुगाड पुलको काम अघि बढ्न सकेको छैन। पुल नबन्दा भेरी करिडोरमा वर्षायाममा यातायात सञ्चालन जोखिमपूर्ण बन्दै आएको छ।

हालै ताक्सुगाड खोलामा आएको बाढीले सडक, झोलुङ्गे पुल र घरहरूमा क्षति पु¥याएपछि स्थानीय थप जोखिममा परेका छन्। स्थायी पुल निर्माण नहुँदा अस्थायी संरचनाबाट खोला वारपार गर्नुपर्ने बाध्यता कायमै छ ।

Xtrem

Xtrem

पाँच घर र झोलुङ्गे पुल पनि बग्यो

साउन २९ गते ताक्सुगाडमा आएको बाढीले पाँच घर तथा झोलुङ्गे पुलसमेत बगाएको थियो । बाढीले सडक आवागमनमा प्रयोग भइरहेको अस्थायी कजवेमा समेत क्षति पु¥याएपछि भेरी करिडोरको आवागमन प्रभावित भएको हो । स्थायी पुल निर्माण भएको भए बाढीका बेला अस्थायी कजवे र झोलुङ्गे पुलमा निर्भर हुनुपर्ने अवस्था नआउने वडा सदस्य विशाल विकले बताए ।

‘आकाशमा बादल देखिएपछि यात्रा रोक्नुपर्ने अवस्था’

नलगाड नगरपालिकाका सचिवालयमा कार्यरत तेज विकका अनुसार स्थायी पुल निर्माणको काम अघि नबढ्ने र तत्काल बलियो अस्थायी संरचना पनि निर्माण नहुने हो भने वर्षायाममा भेरी करिडोरको यात्रा झनै जोखिमपूर्ण बन्नेछ।

‘निर्माण व्यवसायीले लामो समयदेखि ठेक्का लिएर पनि काम सुरु गरेको छैन । अहिले अस्थायी संरचना पनि बाढीले बगाएको छ । नयाँ अस्थायी संरचना नबनाउने हो भने आकाशमा बादल देखिनासाथ भेरी करिडोरको यात्रा स्थगित गर्नुपर्ने अवस्था आउँछ,’ विकले भने।

उनका अनुसार समस्या यात्रुसँग मात्र सम्बन्धित छैन। विद्यार्थी विद्यालय जान सकेका छैनन्। बिरामीलाई उपचारका लागि लैजान, दैनिक उपभोग्य सामग्री ढुवानी गर्न र स्थानीयको नियमित आवतजावतमा समेत समस्या भएको छ।

निर्माण व्यवसायीलाई अस्थायी संरचना बनाउन आग्रह

भेरी करिडोर सडक योजनाले भने ताक्सुगाडमा तत्काल अस्थायी संरचना निर्माण गर्न निर्माण व्यवसायीलाई आग्रह गरिएको जनाएको छ ।

सडकमा आवतजावत सहज बनाउन अस्थायी संरचना आवश्यक भएकाले निर्माण व्यवसायीलाई त्यसका लागि आग्रह गरिएको योजनाको भनाइ छ । तर स्थानीयले भने अस्थायी संरचना तत्कालको आवश्यकता भए पनि स्थायी पुल निर्माणको विकल्प नभएको बताएका छन्।

उनीहरूका अनुसार हरेक वर्ष बाढीपछि अस्थायी संरचना निर्माण गरेर समस्या समाधान गर्नेभन्दा लामो समयदेखि अलपत्र परेको पक्की पुल निर्माण तत्काल अघि बढाउनुपर्छ।

‘निर्माण व्यवसायीले फोनसमेत उठाउँदैन’

नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले निर्माण व्यवसायीले फोनसमेत नउठाउने गरेको गुनासो गरेका छन् । पुल निर्माण संघ सरकारको योजनाअन्तर्गत रहेकाले नगरपालिकाले प्रत्यक्ष रूपमा निर्माणको काम गर्न नसके पनि आवश्यक सहजीकरण र समन्वय गर्दै काम अघि बढाउन दबाब दिइरहेको रावतले बताए ।

उनका अनुसार स्थानीयवासीको समस्या समाधान गर्न सम्बन्धित निकायसँग समन्वय गरेर तत्काल अस्थायी आवतजावतको व्यवस्था मिलाउन र स्थायी पुल निर्माणको काम अघि बढाउन दबाब दिइरहेको छ।

पुल नबन्दा सडकदेखि विद्यालयसम्म असर

ताक्सुगाडमा पुल नबन्नुको असर अहिले एउटा सडकको समस्यामा मात्र सीमित छैन। भेरी करिडोरमा यात्रा गर्ने यात्रु र सवारीसाधन जोखिममा परेका छन् । स्थानीय बस्तीको दैनिक आवतजावत प्रभावित भएको छ । बाढीले घर तथा झोलुङ्गे पुल बगाएको छ। त्यसभन्दा गम्भीर रूपमा बालबालिकाको पढाइ प्रभावित भएको छ।

खोलापारिबाट गणेश आधारभूत विद्यालयमा अध्ययन गर्न जाने १०१ विद्यार्थी विद्यालय पुग्न नसक्नुले पुल निर्माणको ढिलाइले नागरिकको आधारभूत अधिकारसम्म प्रभावित गरेको स्थानीय बताउँछन्।

विद्यालय सञ्चालनलाई दुई ठाउँमा विभाजन गर्ने तयारी भए पनि शिक्षकको अभावका कारण एउटै शिक्षकलाई दुई ठाउँमा पढाउनुपर्ने अवस्था आएको छ। यसले विद्यार्थीलाई विद्यालयसम्म पु¥याउने मात्र होइन, उनीहरूलाई गुणस्तरीय शिक्षा दिने विषयसमेत चुनौतीपूर्ण बनाएको छ।

ठेक्का व्यवस्थापनमाथि प्रश्न

ताक्सुगाडको पुल निर्माणमा भइरहेको ढिलाइले ठेक्का व्यवस्थापन र सरकारी अनुगमनमाथि समेत प्रश्न उठाएको छ । निर्माण व्यवसायीसँग सम्झौता भएको लामो समय बितिसक्दा पनि काम अघि नबढ्नु, अस्थायी संरचनामै निर्भर हुनुपर्ने अवस्था आउनु र बाढीले अस्थायी संरचना बगाएपछि पनि तत्काल स्थायी समाधान नदेखिनुले सम्बन्धित निकायको जवाफदेहितामाथि प्रश्न उठेको छ ।

निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगरेको भए सम्झौतामा उल्लेखित प्रावधानअनुसार के कारबाही भयो भन्ने प्रश्न पनि महत्वपूर्ण रहेको स्थानीयवासी गण्शे सिंले बताए । म्याद थपिएको भए त्यसको आधार के हो र थपिएको अवधिमा काम किन अघि बढेन भन्ने विषय पनि सार्वजनिक हुनुपर्ने सिंहको माग रहेको छ ।

अब कजवे होइन, पुल चाहियो

ताक्सुगाडका स्थानीयलाई अहिले तत्काल सुरक्षित आवतजावतका लागि अस्थायी संरचना आवश्यक छ। तर उनीहरूको दीर्घकालीन माग भने स्पष्ट छ—अस्थायी कजवे होइन, स्थायी पुल । भेरी करिडोर कर्णालीका दुर्गम क्षेत्रलाई मात्र नभई त्रिदेशीय मार्गका रुपमा रहेका कारण यो सडक सञ्जाल महत्वपूर्ण मार्ग हो । यस्तो सडकमा एउटा पुल निर्माण वर्षौँसम्म अलपत्र रहँदा त्यसको प्रत्यक्ष असर नागरिकको दैनिकीमा परेको छ।

साउन २९ को बाढीले कजवे बगाएपछि ताक्सुगाडको समस्या फेरि सतहमा आएको मात्र हो। समस्या त्यतिबेला सुरु भएको होइन, पुल निर्माणको ठेक्का लागेर पनि काम अघि नबढेको दिनदेखि नै यसको आधार तयार भएको थियो ।

अहिले बाढीले अस्थायी संरचना बगाएको छ, विद्यार्थी विद्यालय जान पाएका छैनन्, स्थानीय जोखिम मोलेर खोला पार गर्न बाध्य छन् र भेरी करिडोरको यात्रा वर्षाको बादलसँगै अनिश्चित बन्ने गरेको नेपाली कम्युनिष्ट पार्टी नलगाड नगर समितिका उपाध्यक्ष प्रचण्ड वलीले बताए ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  १३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीमा १ हजार ४५३ शव फेला, ४ हजार ७१८ जना अझै बेपत्ता
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द
सम्बन्धित सामग्री
भोटेकोशी बाढीमा १ हजार ४५३ शव फेला, ४ हजार ७१८ जना अझै बेपत्ता रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ५ बजेसम्म १ हजार ४५३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द निरन्तरको वर्षाका कारण पहिरो खस्न थालेपछि बागमती प्रदेशअन्तर्गत चितवन र धादिङका प्रमुख सडकखण्डमा सवारीसाधनको आवागमन बन्द गरिएको प्रह... आइतबार, असोज ११, २०८३
देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान देशभर मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न प्रदेशमा वर्षाको सम्... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीमा १ हजार ४५३ शव फेला, ४ हजार ७१८ जना अझै बेपत्ता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान आइतबार, असोज ११, २०८३
सप्तरीमा ५०० घर डुबानमा आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई शनिबार, असोज १०, २०८३
जापानलाई नेपालको विशाल लक्ष्य, वर्षाले खेल रोकियो शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्