काठमाडौं- नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा मलेसियासँग आगामी कात्तिक १२ गते समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने भएको छ। समझदारीपत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरन कात्तिक ११ गते नेपाल आउँदैछन्।
_x000D_
_x000D_
समझदारीपत्रमा हस्ताक्षर भएसँगै गत जेठ महिनादेखि बन्द भएको मलेसियामा नेपालीका लागि रोजगारी खुल्ने भएको छ।
_x000D_
_x000D_
दुई देशबीच सरकारीस्तरमा कात्तिक १२ गते समझदारीपत्रमा हस्ताक्षर भए पनि कात्तिक अन्तिम सातादेखि मात्र नेपाली युवालाई मलेसियाका लागि श्रम स्वीकृति जारी हुने श्रम मन्त्रालयले जानकारी दिएको छ।
_x000D_
_x000D_
ड्राफ्टमा उल्लेख गरिएका वस्तुगत विषयमा प्राविधिक कमिटीका प्रतिनिधिले छलफल गर्नुपर्ने भएकाले कात्तिक अन्तिम सातादेखि मात्र श्रम स्वीकृति जारी गरिने मन्त्रालयले जनाएको छ।
_x000D_
_x000D_
मलेसिया सरकारले नेपालबाट श्रमिक आपूर्ति बन्द भएपछि सरकारीस्तरबाटै श्रम सम्झौता (जिटुजी) गरी नयाँ प्रणालीमार्फत कामदार लिने इच्छा राख्दै गत भदौ महिना एमओयूको मस्यौदासहित प्रस्ताव नेपाल पठाएको थियो। मस्यौदाको ड्राफ्टसहित नेपालका तर्फबाट पहिलो पटक भदौ पहिलो साता जवाफ पठाएको थियो। मस्यौदामा छुटेका र कामदारका हकमा पर्न नसकेका विषयवस्तुलाई समेट्दै पुनःदोस्रो पटक ड्राफ्ट पठाइएको हो।
_x000D_
_x000D_
गत असोज दोस्रो साता मलेसियामा दुवै देशका प्रतिनिधिले ड्राफ्टमा हस्ताक्षर गरेको थिए।
_x000D_
_x000D_
मलेसिया जाने नेपाली कामदारमाथि विभिन्न संस्था खडा गरी आर्थिक मारमा पारिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ २ गते बायोमेट्रिक, भिएलएन, माइग्राम्स, वान स्टप सेन्टर, ओएससी र जिएसजीका कामकारबाही बन्द गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।