काठमाडौं- गृह मन्त्रालयले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेपछि कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले आफूहरु न्यायका लागि अदालत जाने जिकिर गरेका छन्।
_x000D_
_x000D_
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको भन्दै मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई बिहीबार बर्खास्त गरेपछि नेपाल लाइभसँग कुराकानी गर्दै उनीहरुले यस्तो बताएका हुन्।
_x000D_
_x000D_
भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी उनीहरुलाई बर्खास्त गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
_x000D_
_x000D_
गृहको निर्णयपछि संक्षिप्त कुराकानी गर्दै विष्टले विष्टले भने, 'म अहिले परामर्शका क्रममा छु। कानुनी प्रक्रियाका लागि अदालत जाने कुरा त भइहाल्यो नि।'
_x000D_
_x000D_
प्रहरी निरीक्षक जगदीश भट्टले भने स्पष्टीकरणका लागि आफूलाई पर्याप्त समय नदिएको बताएका छन्। उनले भने, 'गृहको निर्णय पूर्वाग्रही छ। भोलि थुनामुक्त नगरे पनि म जबरजस्ती बाहिर निस्किन्छु।'
_x000D_
_x000D_
बर्खास्तमा परेको जानकारी आफूलाई नभएको बताउँदै उनले आफ्नो मानव अधिकार हनन भएको समेत बताए। उनले भने, 'मलाई यस विषयमा कुनै पनि जानकारी छैन। २५ गतेदेखि प्रहरीले १ नम्बर गणमा थुनेर राखेको छ। हटायो रे भन्ने हल्ला सुनको हो तर मैले पढ्न समेत पाएको छैन। बरु तपाईसँग गृहको विज्ञप्ति छ भने पढेर सुनाइदिनुस् न।'
_x000D_
_x000D_
आफूले बुझाएको स्पष्टीकरण पढ्दै नपढी बर्खास्त गरिएको उनको भनाइ छ। आफूलाई नियोजित ढंगले फसाइएको समेत उनले आरोप लगाए।
_x000D_
_x000D_
बालिका पन्तको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको र घटनाको प्रमाण नष्ट गरेको सम्बन्धमा उनीहरु दुवैलाई स्पष्टीकरण सोधिएको थियो।
_x000D_
_x000D_
गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो।
_x000D_
_x000D_
आधा दर्जनभन्दा बढी प्रहरी टोलीले घटनाको छानबिन गरे पनि परिणाम प्राप्त हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।