काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ऋषि कट्टेल नेतृत्वको नेकपाको विवादबारे निर्वाचन आयोगले बिहीबार निर्णय गर्न नसकेपछि पुन: शुक्रबार बैठक बस्ने भएको छ।
_x000D_
_x000D_
बिहीबार बसेको बैठकमा नामका विषयमा विद्यमान कानुनी व्यवस्थाको बारेमा मात्र छलफल भएकाले निष्कर्ष निकाल्न नसकिएको आयोगका आयुक्त ईश्वरी पौडेलले बताए। शुक्रबार थप छलफल गरी नेकपाको नामबारे आयोगले निकास दिने उनले बताए।
_x000D_
_x000D_
नेपाल कम्युनिस्ट पार्टीको नामका बारेमा बुधबार सम्बन्धित दलबीच भएको छलफलमा सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भनिएको थियो।
_x000D_
_x000D_
यसअघि नै नेकपाको नाममा पार्टी भएकाले सोही नाममा पुन: दिँदा विवाद आउनसक्ने र सर्वोच्च अदालतसम्म विवाद जाने भएकाले विचार गरेर निर्णय गर्ने कुरा पदाधिकारी छलफलमा आएकाले शुक्रबारलाई सारिएको आयुक्त पौडेलले बताए।
_x000D_
_x000D_
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि गठन भई आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र त्यसअघि दर्तामा रहेको ऋषि कट्टेल नेतृत्वको नेकपाका प्रतिनिधिसँग आयोगले बुधबार छलफल गरेको थियो।
_x000D_
_x000D_
आयोगका अनुसार दुवै पक्षले नेकपाको नाममा दाबी कायम राखेपछि आयोगले मिलेर आउन दुई घन्टाको समय दिएको थियो। सो अवधिमा कुनै सहमति नजुटेपछि आयोगले आफैं यसबारे निर्णय दिने तयारी गरेको हो।
_x000D_
_x000D_
नामको बारेमा अन्तिम निर्णय गर्ने अधिकार आयोगलाई हुने कानुनी व्यवस्था छ। सोही व्यवस्थालाई टेकेर भविष्यमा अदालतमा जवाफ दिन नपर्नेगरी आयोगले निर्णय गर्न चाहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।