काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति तथा उद्योग, व्यापार र व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन सरकारले राहत तथा विभिन्न सहुलियत उपलब्ध गराउने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले एकीकृत व्यवसाय पुनःस्थापना योजना अन्तर्गत प्रभावितलाई राहत, कर तथा महसुलमा सहुलियतसहित आवश्यक अन्य सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।
बाढीका कारण प्रभावित उद्योग, व्यापार तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यस्तै बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत २५ हजार मेट्रिकटन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।