काठमाडौं– नेपाली लोक तथा तीज गीतको माहोल तातिरहेका बेला गायिका तथा कलाकार अलिना रायमाझीको नयाँ तीज गीत ‘बाटो नहरे आमा’ सार्वजनिक भएको छ। तीजको मौलिक परिवेशसँगै पारिवारिक तथा भावनात्मक कथालाई समेटिएको गीत तथा भिडियो दर्शकमाझ ल्याइएको हो।
‘बाटो नहरे आमा’मा लक्ष्मी परियारको स्वर रहेको छ भने गीतमा आयान न्यौपानेको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्ज कृष्ण केसीले गरेका हुन्।
गीतको भिडियोमा अलिना रायमाझी, शिशिर पौडेल, सुर्बिर पण्डित ‘दारी बा’ र बिशाल रायमाझीको अभिनय रहेको छ। भिडियोको निर्देशन स्वयं अलिना रायमाझीले गरेकी हुन्।
तीजको मौलिक संस्कार, पारिवारिक सम्बन्ध र भावनात्मक कथालाई प्रस्तुत गरिएको भिडियोमा कलाकारहरूको अभिनयलाई समेत विशेष रूपमा समेटिएको छ। भिडियोको छायांकन प्रकाश खड्का एन्ड टिमले गरेको हो भने राजकुमार मगरले सम्पादन तथा कलर गरेका छन्। भिडियोको कोरियोग्राफी अर्जुन एडीले गरेका हुन्।
गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन् भने रेकर्डिस्टका रूपमा सुमन राना र खुमान सिंह राना रहेका छन्।
‘बाटो नहरे आमा’ गीत तथा भिडियो Alina Rayamajhi Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा श्रोतामाझ चर्चा बटुल्न थालेको निर्माण पक्षको दाबी छ। तीज पर्व नजिकिँदै गर्दा मौलिक कथा, भावनात्मक प्रस्तुति र कलाकारहरूको अभिनयका कारण गीतले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।