काठमाडौं- सरकारले काठमाडौंमा रहेका चार वटा मिनरल वाटर उद्योगमा शिलबन्दी गरेको छ।
_x000D_
_x000D_
बिहीबार अनुगमनको क्रममा मापदण्डविपरीत प्रशोधित पिउने पानी उत्पादन गरिएको पाइएपछि काठमाडौंका विभिन्न स्थानमा रहेका स्नो ब्रेभरेज प्रालि, कञ्चनजंगा मिनरल वाटर उद्योग, अक्वा मिनरल वाटर उद्योग र सिटी मिनरल वाटर प्रालिमा शिलबन्दी गरेको हो। प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिकाविपरीत सञ्चालनमा रहेका चारवटै मिनरल वाटर उद्योगमा पानी उत्पादन गर्न रोक लगाइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले जानकारी दिए।
_x000D_
_x000D_
अनुगमनका क्रममा कतिपय मिनरल वाटर उद्योग दर्ता नभएको समेत भेटिएको छ।
_x000D_
_x000D_
विधिसम्मत ढंगले सञ्चालनमा नरहेका मिनरल वाटर उद्योगलाई अनुगमन टोलीले तत्काल प्रक्रिया पूरा गर्न पनि सचेत गराएको छ। सचिव जिसीले उद्योगमा दर्तासमेत नगरेका मिनरल वाटर उद्योगहरुलाई प्रक्रिया पूरा गरेर मात्रै पिउने पानी उत्पादन गर्न सचेत गराइएको पनि स्पष्ट पारे।
_x000D_
_x000D_
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोली लिएर आफै मिनरल वाटर कम्पनी अनुगमनमा निस्किएका सचिव जिसीले सरकारले मानव स्वास्थ्यमाथि खेलबाड हुनेगरी खाद्यवस्तु उत्पादन गर्ने कुनै पनि उद्योगलाई कारबाहीको दायरामा ल्याउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।