लन्डन (एजेन्सी)– इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्स आफ्नी प्रेमिका क्लारा रेटक्लिफसँग वैवाहिक बन्धनमा बाँधिएका छन्। स्टोक्सको विवाहमा टेस्ट कप्तान जोए रुट, पूर्व कप्तान एलेस्टर कुक र तीब्र बलर स्टुअर्ट ब्रोड समावेश थिए।
स्टोक्सले आगामी एशेंज शृंखला खेल्ने सम्भावना निकै कम छ। पछिल्लो महिना ब्रिस्टलको एउटा नाइट क्लबमा झगडा गरेको आरोपमा उनी पक्राउ परेका थिए।
उनीमाथि स्पष्टीकरणको दबाब बढेको छ। प्रहरीको छानवीन रिपोर्ट बाहिर नआउँदासम्म उनले विदेश भ्रमण गर्न पाउने छैनन्। उनी विरूद्ध आपराधिक मुद्धा दायर हुन सक्ने सम्भावना रहेको छ। एशेंज शृंखला २३ नोभेम्बरदेखि सुरु हुँदैछ। उनी टिमबाट बाहिर भइसकेका छैनन्। इंग्लिस बोर्डले प्रहरीको रिपोर्ट कुरेर बसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।