काठमाडौं- बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र प्रसाद बरालले नेपालमा ८० प्रतिशत क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गरेको बताए। डा बरालले क्यान्सर जटील प्रकृतीको रोग भएपनि समयमै उपचार हुन सके सजिलै निको पार्न सकिने जानकारी दिए।
_x000D_
_x000D_
उनले नेपालमा पुरुषहरुमा सबै भन्दा बढी फोक्सोको क्यान्सर र महिलाहरुमा सबै भन्दा बढी पाठेघरको मुखको क्यान्सरका रोगीहरु भएको बताए ।
_x000D_
_x000D_
सामान्यतया शरीरकाका विभिन्न अंगहरुमा कोषीकाको अनियन्त्रीतवृद्धी हुनुनै क्यान्सर हुनु हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ८२ लाख व्यक्तीको मृत्यु क्यान्सर रोगबाट मृत्यु हुने गर्दछ भने २ लाख ७० हजार महिलाहरुको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारणले हुने गर्दछ । क्यान्सर जुनसुकै उमेरका व्यक्तीमा जुनसुकै भागमा पनि हुने गर्दछ । विश्वव्यापी रुपमा १३ प्रतिशत मृत्यु क्यान्सरका कारणले हुने गरेको पाइन्छ ।
_x000D_
_x000D_
डाक्टर बरालका अनुसार शरिरमा क्यान्सर रोग भए/नभएको यसरी पत्ता लगाउन सकिन्छ
_x000D_
_x000D_
१) निको नहुने खोकी लागेमा अथवा घोक्रो स्वर भएमा
_x000D_
_x000D_
२) छालामा भएको कोठीको रङ्ग र आकार परिवर्तन भएमा
_x000D_
_x000D_
३) शरीरको भाग अत्याधिक दुख्न थालेमा वा शरीरमा गिर्खा आएमा
_x000D_
_x000D_
४) उपचार गर्दा पनि शरिरमा लागेको घाउ निको नभएमा वा बल्झीएमा
_x000D_
_x000D_
५) शरिरबाट असाधारण रक्तस्राव वा पिप आएमा
_x000D_
_x000D_
६) दिशा वा पिशावमा गर्ने समयमा फरक आएमा वा गाह्रो भएमा अथाव दिशा पिशाब गर्दा रगत देखिएमा
_x000D_
_x000D_
७) विस्तारै शरिरको वजन घट्दै गएमा वा दुव्लाउदै गएमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।