काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावित धादिङको गल्छी क्षेत्रको अवलोकन गरेका छन् ।
बुधबार गल्छी पुगेका ओलीले बाढीबाट प्रभावित नागरिकसँग भेट गरी उनीहरूका गुनासा सुनेका छन् । उक्त क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, जी फिन्ट, ओएनएफलगायतका संगठनले उद्धार तथा राहतका काम गरिरहेका छन् ।
ओलीले नुवाकोटको बेलकोटगढीका विभिन्न स्थानको समेत अवलोकन गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।