काठमाडौं– मनसुन प्रतिकार्य कमाण्ड पोप्टको बैठकले स्थानीय तहलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोसी वाढी प्रभावित १५ स्थानीय तहलाई थप ६ करोड ७५ लाख पठाउने निर्णय गरेको छ।
प्राधिकरणको आज बसेको बैठकले रसुवा जिल्लाका उत्तरगया गाउँपालिकालाई ७५ लाख, गोसाइकुण्ड गाउँपालिकालाई १ करोड, कालिका गाउँपालिकालाई ३० लाख र आमाछोदिङ्मो गाउँपालिकालाई २० लाख रकम पठाउने निर्णय गरेको हो।
त्यसैगरी,नुवाकोट जिल्लाका बिदुर नगरपालिकालाई १ करोड ५० लाख, बेलकोटगढी नगरपालिकालाई ७५ लाख, किस्पाङ्ग गाउँपालिकालाई २५ लाख र तारकेश्वर गाउँपालिकालाई ५० लाख, धादिङ्ग जिल्लाको गल्छी गाउँपालिकालाई ३० लाख, सिद्धलेक गाउँपालिकालाई २० लाख, गजुरी गाउँपालिकालाई २० लाख र बेनिघाट रोराङ्ग गाउँपालिकालाई २० लाख रकम पठाउने निर्णय पनि भएको छ।
अर्को प्रभावित जिल्ला गोरखाको गण्डकी गाउँपालिकालाई २० लाख, तनहुँ जिल्लाको देवघाट गाउँपालिका २० लाख र आँबुखैरेनी गाउँपालिकालाई २० लाख पठाउने निर्णय भएको छ।
ती स्थानीय तहलाई क्षतिको आधारमा विपद व्यवस्थापन कोष संचालन कार्यविधि, २०७९ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहतस्वरूप उक्त थप रकम पठाइएको हो।
यसअघि, भदौ ११ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३५ औं बैठकको निर्णयअनुसार ती स्थानीय तहलाई माथि उल्लेखित बराबरको रकम गरी कुल छ करोड ७५ लाख विनियोजन भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।