थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।
_x000D_
_x000D_
मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ । कहिले काहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ ।
_x000D_
_x000D_
लक्षण
_x000D_
_x000D_
धेरै मोटाउने वा दुब्लाउने भएमा
_x000D_
धेरै जाडो वा गर्मि महशुस भएमा
_x000D_
मुटुको धड्कन छिटो छिटो भएमा
_x000D_
घाटी सुन्निएमा
_x000D_
कब्जियत हुने वा धेरै दिशा लाग्ने भएमा
_x000D_
महिनावारी गडबड भएमा
_x000D_
काम गर्न गाह्रो वा अल्छी लाग्ने भएमा
_x000D_
कपाल धेरै झरेमा
_x000D_
छाला सुख्खा हुने र नङ भाचिने भएमा
_x000D_
आँखा हेर्न असजिलो भएमा
_x000D_
_x000D_
शरीरको तापक्रम बढ्ने
_x000D_
_x000D_
भोक बढी लाग्ने तर दुब्लाउने
_x000D_
मन आत्तिने
_x000D_
मानसिक तनाव बढी हुने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।