काठमाडौं– अपर त्रिशूली–१, ३ ए र ३ बी आयोजनाका सुरुङभित्र अझै उद्धार टोली प्रवेश गर्न सकेको छैन। नेपाली सेनाले बुधबार एक विदेशीसहित ११८ जनाको उद्धार गरेको जनाएको छ।
चिलिमे हाइड्रोको सुरुङमा २६ जनाको संयुक्त टोली करिब १५० मिटरभित्र पुग्दा सुरुङ भिरालो भागबाट पूर्ण रूपमा पुरिएको अवस्थामा फेला परेको थियो। त्यस्तै, अपर त्रिशूली–१ को हाँकूमा टोली १६० मिटरसम्म पुग्दा सुरुङ टालिएको अवस्थामा भेटिएको छ।
त्रिशूली–३ एमा तीनवटा एक्स्काभेटरबाट माटो पन्छाउने तथा कम्प्रेसर र रक ब्रेकर प्रयोग गरी प्रवेश गर्ने प्रयास गरिएको थियो। तर अत्यधिक पानीका कारण इनलेटबाट प्रवेश गर्न सम्भव नभएपछि आउटलेटबाट सुरुङमा पुग्ने प्रयास जारी छ।
अपर त्रिशूली–३ बीमा आयोजनाको कार्यालय तथा आवास क्षेत्र पहिचान गरी एक्स्काभेटरमार्फत पहुँचमार्ग निर्माण भइरहेको सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।