काठमाडौं– राष्ट्रिय सभाका सांसदहरूले रसुवामा गएको विनाशकारी बाढीपछिको अवस्थामा राष्ट्रिय शोकको घोषणा गर्न सरकारसँग माग गरेका छन् । मंगलबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन् ।
कांग्रेस सांसद युवराज शर्माले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न माग गरे । विपद्का समयमा सबै मिलेर एकैसाथ अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
यस्तै नेकपाकी सांसद मदन कुमारी शाह गरिमाले पनि राष्ट्रिय शोकको घोषणा गर्न माग गरिन् । ‘एक दिन राष्ट्रिय झण्डा झुकाएर शोक कोषणा गर्न माग गर्दछु’ उनले भनिन् । धनी र विकसित मुलुकले गरेको गलत कार्यले जलवायु परिवर्तन भएको र यसको असर नेपाल जस्ता मुलुकले भोग्नुपरेको भनेर उनले यो विषयलाई अन्तराष्ट्रियकरण गर्न आवश्यक रहेको बताइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।